पोखरा, १० माघ । डिफेण्डिङ च्याम्पियन संकटा क्लबलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै लिगलिडर मच्छिन्द्र फुटबल क्लब २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।
सोमबार पोखरा रंगशालामा तेस्रो क्वाटरफाइनलमा पहिलो हाफ १–० को अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा गोलको वर्षा गर्दै सहजरुपमा अन्तिम चारमा आफूलाई सुरक्षित पारेको हो । जीतका लागि म्यान अफ दि म्याच मेसुकी एटिग्नी ओलुमौको २, उत्सव राई र अभिशेक गुरुङले १–१ गोलको योगदान दिए । मच्छिन्द्रका लागि गणेश हमालले सान्त्वना गोल गरेका थिए । जीतसँगै मच्छिन्द्र अब नेपाल एपिएफ क्लबसँग पहिलो सेमिफाइनल खेल्नेछ।
मंगलबार चौथो तथा अन्तिम क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लब र रुस्लान थ्रि स्टार क्लबीच प्रतिस्पर्धा हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । विजेताले दोस्रो सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग भेट सुनिश्चित गर्नेछ।
Related News
सम्बन्धित समाचार
स्थानीय तह निर्वाचन : कुन दलका कति जनप्रतिनिधि ?
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
hero news full width
मुख्य समाचार
यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
जेठ १२, २०७९धनराज पोखराको १६ औं मेयर
जेठ १२, २०७९करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
जेठ ११, २०७९‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९