पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले कास्कीको मादी गाउँपालिकामा पालिका कमिटी गठन गरेको छ । गाँउपालिकाको भेलाले घननाथ सापकोटाको अध्यक्षतामा ३५ सदस्यीय गाँउपालिका कमिटी गठन गरेको हो । उक्त कमिटीको उपाध्यक्ष साजन तामाङ, सचिव दुर्गा भुजेल र उपसचिव दुर्गा थपलिया छन् ।
भेलालाई सम्बोधन गर्दै नेकपा (एस) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री तुलबहादुर गुरुङले जनताको पक्षमा इमानदारिताका साथ क्रियाशील भएर समाजवादको लक्ष्य भेट्टाउने गरी काम गर्न नेता कार्यकर्तासँग आग्रह गरे ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य कृष्ण नेपाली, प्रदेश सदस्य नवराज पहारी, विष्णु भट्टराई, जिल्ला उपसचिव पूर्ण लामा, डिबी राई, जिल्ला कमिटीका सदस्यहरु जितबहादुर सुनार, महेन्द्र गुरुङ, माधव तिवारी, विनोद बराल, तिलक विक, रविन्द्र पौडेल, दधिराम पौडेल, रवि पन्त लगायतले संविधान विपरीत अल्पायुमै संसद विघटन गर्ने, पार्टीलाई सामूहिकतामा नभई व्यक्तिवादी सोचबाट प्रेरित भई सञ्चालन गर्न खोज्ने प्रवृत्ति बढ्दै गएकाले तत्कालीन एमालेबाट विद्रोह गरी नेकपा (एस ) गठन गर्नुपरेको बताए ।
नेकपा (एस) मादी पालिका संयोजक घननाथ सापकोटाको अध्यक्षतामा भएको भेलामा काशीनाथ अधिकारीले स्वागत र साजन तामाङले सञ्चालन गरेका थिए । मादी गाँउपालिकाका १२ वटै वडामा संगठन बिस्तार गर्ने गरी योजना बनाएको अध्यक्ष सापकोटाले बताए ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
पोखरा महानगरको मतगणना सुरु
१४ जिल्लाका ४४ मतदान केन्द्रमा मतदान स्थगित
कास्कीमा ६५ प्रतिशत मतदान, पोखरा महानगरको मतगणना भोलिमात्र
राप्रपाको पोखरामा घरदैलो, आज लिङ्देन आउने
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९