बेलिब्रिज निर्माण सम्भाव्यता अध्ययन

साधन राम्जाली
माघ १०, २०७८
belibriz~2

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी र पर्वतको जलजला गाउँपालिकाको बगरफाँट जोड्ने बेलिब्रिज निर्माण तयारी थालिएकोे छ । सडक डिभिजन कार्यालय बागलुङका प्रमुख बलिराज मल्ल, इन्जिनियर विजय शर्मालगायतको टोलीले बेलिब्रिज राख्ने सम्भावित ठाउँको निरीक्षण गरेका थिए । निर्माण स्थलमा जग्गा विवाद नभएको प्रतिबद्धता, प्राविधिकरुपमा उपयुक्त भएमा बजेट व्यवस्थापन गरेर बेलिब्रिज जडानको प्रक्रिया अघि बढाउने डिभिजन प्रमुख मल्लले बताए ।
बगरफाँट जोड्ने सडक बाढीले बगाएपछि सवारी साधनमार्फत यात्रा र सामान ढुवानी गर्न ८ किलोमिटर थप सडक प्रयोग गर्न बाध्य भएका छन् । कालीगण्डकीमा आएको बाढीले गत असारमा माटेपानीमा १ सय मिटर सडक कटान गरेर बगाएपछि बेनीदेखि बगरफाँट जोड्ने सडक ८ महिनादेखि अवरुद्ध छ ।
पहाडको फेदीमा बाँध बनाएर सडक बनाउँदा म्याग्दीतर्फ कटान गर्ने र बाढीले सडक बगाएर लगानी खेर जाने भएपछि सडक पुननिर्माण भएको छैन । बर्सेनि हिउँदमा सडक बनाउने र बर्खामा बाढीले बगाउने गरेको थियो ।
प्राविधिक हिसाबले माटेपानीको भिरमा सडक निर्माण सम्भव नदेखिएपछि कालीपुलदेखि बगरफाँट जोड्ने पक्की मोटरेबल पुल र बेलिब्रिज जडानका लागि पहल गरिएको जलजला गाउँपालिका ३ का अध्यक्ष रवि भण्डारीले बताए ।
‘बगरफाँटको यातायात समस्या लिएर म आफैं प्रधानमन्त्री कार्यालय र राष्ट्रियसभा अध्यक्षकहाँ पुगेर आएको छ,’ उनले भने,‘प्रधानमन्त्री कार्यालयको निर्देशनमा सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियरको टोलीले शुक्रबार बेलिब्रिज निर्माण स्थलको सम्भाव्यता अध्ययन गरेका छन् ।’
३ सयभन्दा बढी घरधुरी रहेको जलजला गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने बगरफाँटका बासिन्दा म्याग्दी आवतजावत गर्ने कालीपुल जोड्ने झोलुंगे पुलको पनि लठ्ठा खिया लागेर छिन्ने अवस्थामा छ । मानिसहरु झोलंगे पुलबाट आवत जावत गरे पनि निर्माण सामग्री र दैनिक उपभोग्य सामान ढुवानी गर्न समस्या भएको बगरफाँटका बासिन्दा राम रकालले बताए ।
‘बेनीबाट बगरफाँट सामान ढुवानी गर्नका लागि मल्लाज–बाँसखर्क हुँदै ८ किलोमिटर घुमाउरो सडक प्रयोग गर्दा महँगो भाडा तिर्न बाध्य छन्,’ उनले भने, ‘निर्माणाधीन निजी घर र सामुदायिक विकास आयोजनाको लागत बढेको छ ।’
एक बोरा सामान पुल तारेको भरियालाई १ सयभन्दा बढी तिर्नुपर्छ । बिरामीलाई अस्पताल पु¥याउन डोको र स्टेचरमा बोक्नुपरेको स्थानीय खिम बरुवालले बताए । बगरफाँटमा बसोबास गर्ने अधिकांश म्याग्दीका विद्यार्थी, व्यवसायी, कर्मचारी र सर्वसाधारण छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width