आगो तापेर सुत्दा शिशुको मृत्यु

रासस
माघ ९, २०७८

भक्तपुर । कोठाभित्र आगो तापेर सुत्दा यहाँ आज एक शिशुको मृत्यु भएको छ भने दुई जना अचेत भएका छन् ।

सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा डेरा गरी बस्दै आएका रामेछापको मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिनाका छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो ।

जाडो बढेपछि शनिबार बेलुका खाना खाएर आगो बलिरहेको कोइला कोठामै राखेर सुतेकामा बिहान अबेरसम्म पनि नउठेपछि स्थानीय र प्रहरीले ढोका फुटाएर अचेत अवस्थामा तीन जनालाई उपचारका लागि मध्यपुर अस्पताल लगेको उहाँले जानकारी दिनुभयो ।

शिशुको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको र अभिषेक तथा उहाँकी श्रीमती २८ वर्षीया पसुना तामाङको उपचार भइरहेको र उनीहरुको अवस्था गम्भीर रहेको चिकित्सकले बताएको उहाँले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक रेग्मीले भन्नुभयो, “गाउँको घर जस्तो होइन, सहरका घरमा ढोका र झ्याल लगाएपछि बाहिरबाट हावा ओहोरदोहोर गर्ने ठाउँ नै हुँदैन, यस्तो अवस्थामा आगो तापेर कोठामा सुत्दा अक्सिजन सकिएर स्वास फेर्न नसकेर ज्यान जान्छ, यस्तो मामिलामा सबैले सचेत भएर कोठाभित्र रातभरि आगो र हिटर बालेर सुत्नु हँुदैन, यो घटना पनि यसैको परिणाम हो ।”

त्यसैगरी आजै चाँगुनारायण नगरपालिका–१ दुवाकोट बेँसीस्थित रमेश बुढाथोकीको जस्ताको टहरामा झुण्डिएर मृत्यु भएको अवस्थामा एक पूर्वसैनिकको मृत्यु भएको छ । सोलुखुम्बु लिखुपिके गाउँपालिका घर भई हाल दुवाकोटमा बस्दै आएका ३५ वर्षीय मोहन बस्नेतको मृत्यु भएको र दुवै घटनाको अनुसन्धान टोली बनाएर प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

  • नौमती बाजाः जीतको पर्याय

    धनबहादुर गुरुङ जेठ ९, २०७९
    पोखरा । पोखरा पृथ्वीचोकमा रहेको इन्द्रेणी नौमती मगर बाजा समूह आइतबार दिनभर व्यस्त रहे । टिमका १४ जनालाई बाजा बजाउन…
  • सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा

    आदर्श समाज सम्वाददाता जेठ ८, २०७९
    पाेखरा । सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा…
  • महानगरमा बिदा नहुने

    रासस जेठ ८, २०७९
    काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार सार्वजनिक बिदाको दिन बिहान ८ देखि ११ बजेसम्म कार्यालय सञ्चालन गर्ने भएको छ । कामपाको…
  • गणतन्त्र दिवस ३ दिन मनाइने

    आदर्श समाज सम्वाददाता जेठ ५, २०७९
    पोखरा । सरकारले गणतन्त्र दिवस ३ दिनसम्म मनाउने भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको गणतन्त्र दिवस २०७९…
  • भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै

    रासस जेठ १, २०७९
    लुम्बिनी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोलि बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आइपुग्दै हुनुहुन्छ…

hero news full width