पोखरा न्युरोडमा टेक् स्टुडियो

आदर्श समाज सम्वाददाता
माघ ९, २०७८
sagar newss

पोखरा । पोखरा न्युरोडमा इलेक्ट्रोनिक्स सामानको खुद्रा स्टोर टेक् स्टुडियो खुलेको छ । विद्युतीय र जीवनशैली उत्पादनमा आधारित फ्रेन्चाइज कम्पनी टेक् स्टुडियोको नेपाल युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष सुनीलबहादुर भट्टराईले उद्घाटन गरे । उनले युवाहरुलाई लक्ष्त गरेर स्टुडियो खोलेकोमा शुभकामना दिए ।
युवा उद्यमीद्वय देवेन्द्र जोशी र निरञ्जन श्रेष्ठको संयुक्त लगानीमा स्टोर सञ्चालनमा ल्याइएको हो । टेक् स्टुडियोको लगानी करिब १ करोड रहेको सञ्चालनक जोशीले बताए ।
उनले स्टोरमा उपभोक्ताहरुलाई स्टुडियाको अनुभव प्रदान गरिनेछ । जसबाट उपभोक्ताले अन्य उत्पादनसँग तुलना गर्न सकून् भन्ने विश्वास लिइएको जोशीले बताए । स्टोरमा हाइफ्युचर, एक्युफिट, रिम्याक्स, होको र विबु ब्रान्डका इलेक्ट्रोनिक सामानहरु पाइनेछ ।
उद्घाटनका अवसरमा सामान खरिदमा नगद छुट र उपहारहरुको व्यवस्था गरिएको सञ्चालक श्रेष्ठले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width