पोखरा । छैटौं मिस तामाङ पोखरा–२०२२ को ट्यालेन्ट राउन्ड शनिबार भएको छ । बैदाम तामाङ सेवा समाजद्वारा आयोजित प्रतियोगिताको ट्यालेन्ट राउन्डअन्तर्गत शनिबार भएको प्रतियोगितामा १० प्रतियोगिहरुले आ–आफ्ना प्रस्तुति प्रस्तुत गरे ।
प्रतियोगिताका निणार्यकमा मिस पोखराका संस्थापक राजु केसी, कोरियोग्राफर राम लामा, नीलिमा तामाङ र अभिनेतृ जान्वी बोहरा थिए ।
आयोजक बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले मिस तामाङले तामाङ समुदायका युवतीहरुको प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले मौलिक भाषा र संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्नका लागि कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।
प्रशिक्षणमा तामाङ जातिको भाषा, संस्कृति, रहनसहन तथा परम्पराका साथै व्यक्तित्व विकास र नेतृत्व विकासका तालिम प्रदान गरिएको कार्यक्रमका संयोजक एवं पहिलो मिस तामाङ निमा तामाङले जानकारी दिइन् ।
जिया तामाङ, आसिका तामाङ, मनिषा तामाङ, पूजा तामाङ, रेखा तामाङ, कृष्टि तामाङ, मानसी तामाङ, पेमा तामाङ, सिर्जना तामाङ र रीतिका तामाङले प्रतिभा प्रस्तुत गरेका थिए ।
माघ १५ गते शनिबार लेकसाइडस्थित बिजीबी रिसोर्टमा हुने प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद १ लाख रुपैयाँको साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्ने आयोजकले जनाएको छ ।
फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ५० हजार रुपैयाँ हजार प्राप्त गर्नेछन् । त्यस्तै सेकेन्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भ्युअर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजार पुरस्कारसमेत प्राप्त गर्ने छन् ।
सन् २०१६ देखि सुरु भएको मिस तामाङ पोखराको पहिलो संस्करणमा निमा लामा, दोस्रो संस्करण २०१७ मा दिप्ती गोम्जा, तेस्रो संस्करण २०१८ मा कविता योञ्जन, चौथो संस्करण २०१९ मा कुसुम स्याङ्वो तामाङ र पाँचौ संस्करणमा शशीकला तामाङले ताज पहिरिन सफल भएकी थिइन् ।
Related News
सम्बन्धित समाचार
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९