पोखरा । कर्म फ्लाइट्स फाउन्डेसन पोखराले कोभिड १९ राहतस्वरुप शनिबार पथप्रदर्शक तथा पदयात्रा सहयोगीलाई रोजगारीस्वरुप पदयात्रा मर्मत तथा सरसफाइ कार्यक्रम गरेको छ । हेमजाको मेलबोटबाट माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६ को पर्यटकीय गाउँ अस्ताम आसपास पदयात्रा बाटो मर्मत तथा अस्ताम को खानेपानी पँधेरो मूलको सरसफाइ गरेको संस्थाका कार्यक्रम संयोजक राजु परियारले बताए ।
कर्म फ्लाइट्स एडभेन्चर एन्ड ट्रेक्स मा आश्रित आधारभूत तहका २३ जना पथ पदर्शकहरुलाई एक दिनको कामको ज्याला र खाजाबापत् प्रतिव्यक्ति १६१५ का दरले ३७ हजार १ सय ६८ प्रदान गरिएको छ ।
आफ्नै गाउँघर पनि सरसफाइ गरेर नगद प्राप्त गर्दा आफूलाई खुसी अनि आत्मसम्मान प्राप्त भएको हर्क परियारले बताए । कर्म फ्लाइट्ससँग एकताका पदयात्रा गर्न आएका अमेरिकी पर्यटकको एक परिवारले गाइडहरुको राहतको लागि उक्त रकम पठाइदिएको थियो ।
सन् २०२० को सुरुदेखि नै संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै आएको संस्थाका कार्यक्रम संयोजक प्रेमबहादुर कुँवरले बताए ।
संस्थाका कार्यसमिति सदस्य कुलप्रसाद अधिकारीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा माछापुच्छ्रे ६ का अध्यक्ष्य हरिश्चन्द्र ढुंगानाले संस्थाको प्रशंसा गरे । संस्थाका कोषाध्यक्ष रेनुका कार्कीले सञ्चालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९गण्डकीमा दलित नेतृत्व २ मात्रै
जेठ ९, २०७९