विपन्न परिवारलाई कम्बल

आदर्श समाज सम्वाददाता
माघ ९, २०७८
Biruwa

पोखरा । मानव मिलन संस्था पोखराको आयोजना एवं किचनास युनेस्को क्लब स्याङ्जाको समन्वयमा विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ ।
शुक्रबार स्याङ्जाको बिरुवा गाउँपालिका वडा ५, पुष्पगाउँ र वडा १, बरदाहका विपन्न तथा दलित बस्तीलाई लक्षित गरी १ सय थान कम्बल वितरण गरिएको हो । जसमा पुष्पगाउँका ८० र बरदाह गाउँका २० घरपरिवारलाई कम्बल प्रदान गरिएको जनाइएको छ ।
नेपालकेशरी डा. मणिभद्र मुनिजी महाराजका प्रेरणाले स्थापित मानव मिलन संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । संस्थाका अध्यक्ष गुप्तप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद् गण्डकी प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद वाग्ले, युनेस्को क्लब गण्डकी अध्यक्ष दीपक शर्मा वाग्ले, समाजसेवी नवराज वाग्ले, कांग्रेस बिरुवा गाउँपालिका वडा ५ का सभापति सुशील वाग्ले, कांग्रेस बिरुवा गाउँपालिका वडा १ का सभापति लालबहादुर हमाल, जनप्रतिनिधि, विष्णु दर्जी, तीलबहादुर भुजेल, भीमबहादुर सुनार, सचिन क्षेत्री, वडा १ का टोल संयोजक कुसुम वाग्ले लगायतले बोलेका थिए ।
कार्यक्रममा स्वागत वडा ५ का सामाजिक व्यक्तित्व हरि बिकले स्वागत र मानव मिलन संस्थाका सहसचिव शान्ता लामिछानेले गरेका थिए ।
अघिल्लो पटकको लकडाउनमा युनेस्को क्लब गण्डकी अध्यक्ष दीपक शर्मा वाग्लेको पहलमा त्यहाँका विपन्न तथा दलित बस्तीमा १७ बोरा चामलसहित खाद्यान्न सहयोग गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width