काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २० हजार १८७ परीक्षण गर्दा १० हजार २५४ जनामा सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या ७२ हजार ८६२ पुगेको छ ।
पछिल्लो समय थप ७०८ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख २० हजार २८३ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९०।७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
१६ जना मृत्यु
विगत २४ घण्टामा आज एकै दिन १६ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ६५१ जनाको सङ्क्रमणका कारणले मृत्यु भएकोे छ ।
यस्तै ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला १५–१५ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा पर्सा, बारा, महोत्तरी, सप्तरी, सर्लाही, सिराहा, नुवाकोट, धादिङ, गोरखा, तनहँु, स्याङ्जा, बागलुङ, दाङ, सुर्खेत र कञ्चनपुर रहेका छन् । नेपालमा सङ्क्रमणदर १७।७ प्रतिशत रहेको छ ।
हाल होम आइसोलेशनमा ७१ हजार २६१, संस्थागत आइसोलेशनमा एक हजार ६०१, आइसीयूमा २१० र भेन्टिलेटरमा ३७ जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा आज एक लाख ९६ हजार ८५७ जनाले खोप लगाएका छन् ।
अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ४२ हजार ४५६ जना र पूर्ण मात्रा एक करोड २८ लाख ७० हजार ८६७ जनाले लगाइसकेका छन् । यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज एक लाख ४२ हजार ५८९ मात्रा लगाइएको छ ।
Related News
सम्बन्धित समाचार
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
मानवअधिकार आयोगसमक्ष द्वन्द्वपीडित समुदायको ज्ञापन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
hero news full width
मुख्य समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१