पाहुना टोलीलाई पराजित गर्दै एपिएफ सेमिफाइनलमा

आदर्श समाज सम्वाददाता
माघ ८, २०७८
03 day

पोखरा । सशस्त्र प्रहरीको एपिएफ क्लब २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । शनिबार पोखरा रंगशालामा भएको पहिलो क्वाटरफाइनलमा पाहुना टोली बिवाईएससी मिनेसोटा, अमेरिकालाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

सहारा क्लब पोखराले आयोजना गरेको आहारारामा एकपल्टमात्र फाइनल यात्रा तय गरेको विभागीय एपिएफ यतिबेला राम्रो लयमा छ । यसअघि उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखराको चुनौती २–० गोलअन्तरले पन्छाएको एपिएफ अब फाइनल पुग्न मच्छिन्द्र र संकटाको विजेतासँग १२ माघमा प्रतिस्पर्धा गर्नेछ।

शनिबारको खेल पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको सुरुआतमै गोल गरेर अग्रता लिएको पाहुना टोलीले त्यसलाई टिकाइरहन नसक्दा जीत सुम्पिएको हो । खेलको ४७ औं मिनेटमा मेगल पालाफोक्सको गोलबाट बिवाईएससीले अग्रता लिएको थियो ।

पछि एपिएफले उत्कृष्ट पुनरागमन ग¥ये । ७० औं मिनटमा आवाश लामिछानेले पेनाल्टीबाट एपिएफका लागि बराबरी गोल फर्काउन सफल भए । त्यसको १४ मिनेट नबित्दै ८४ औं मिनटमा एफिएफले गोलअन्तर २–१ मा पु¥यायो । रवि थिङले व्यक्तिगत पहिलो र एपिएफका लागि दोस्रो गोल गर्न सफल भए । म्यान अफ दि म्याच समेत घोषित उनै थिङले दोस्रो हाफको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल थप्दै जीत सुनिश्चित पारेका हुन् । उनले पुरस्कारवापत नगद ८ हजार र ट्रफी हात पारे ।

आइतबारको दोस्रो क्वाटरफाइनल खेल मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच हुने आयोजक सहरा क्लब पोखराले जनाएको छ । अघिल्लो महिना पोखरा रंगशालामै सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत ३ वटै खेल जितेर फर्किएको मनाङ यतिबेला सिधैं बाई पाएर क्वाटरफाइनल खेल्न लागेको हो । विभागीय नेपाल पुलिस क्लबले दोस्रो प्रिक्वाटरफाइनलमा हिमालयन शेर्पा क्लबलाई सडन डेथको शिकार बनाउँदै मनाङको भेट सुनिश्चित गरेको हो।

Related News

सम्बन्धित समाचार

hero news full width