सकियो चप्पल बनाउने तालिम

आदर्श समाज सम्वाददाता
माघ ८, २०७८
Chappal Training 2

पोखरा । पोखरा महानगरपालिका वडा ८ को सहयोगमा लालीगुराँस टोल विकास संस्थाद्वारा सञ्चालित चप्पल बनाउने तालिम शुक्रबार समापन भयो । ३ दिनसम्म चलेको सो तालिममा १५ जना सहभागी थिए ।
सहभागीलाई प्रमाणपत्र वितरण गर्दै पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालले तालिममा लिएको सीप व्यवसायमा परिवर्तन गर्नपर्ने बताए ।
कार्यक्रममा वडा सदस्य कृष्णमान ठूसाजू, पुष्पराज सिग्देल, संस्थाका सल्लाहकार राधा क्षत्री र शालिकराम पोखरेल, प्रशिक्षक करिना शु–सपका प्रोप्राइटर छविलाल पहाडीले मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष मंगली बास्तोलाको अध्यक्षतामा भएको सो कार्यक्रममा तालिम संयोजक गंगा गिरीले स्वागत र कोषाध्यक्ष सुनिता गिरीले सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width