उद्योग व्यवसाय सधैं मार

श्रीभद्र पौडेल
माघ ८, २०७८
udyog~

हेमजा । कोरोना महामारीको तेस्रो भेरियन्ट सुरुआतसँगै लकडाउनको सनसनी छ । दिनहुँजसो कोरोना संक्रमितको संख्या १० हजार हाराहारीमा भेटिंदा उद्योगी व्यवसायी फेरि चिन्तामा छन् । पहिलो र दोस्रो लहरले नराम्ररी थला परेको उद्योग व्यवसाय क्षेत्रमा पुनः कोरोना महामारीले कस्तो स्थिति सिर्जना होला ? भन्ने उनीहरुको चिन्ता हो । तर पहिलेजस्तो हतपती उद्योगधन्दा बन्द गरिहाल्ने पक्षमा आफूहरु रहेको उद्योगी व्यवसायीको भनाइ छ ।
पोखरा औद्योगिक क्षेत्रमा हाल ८६ उद्योग प्रतिष्ठान छन् । करिब ३ हजार श्रमिक रोजगाररत् छन् । उद्योगधन्दा एक्कासि बन्द भए व्यवसायीको ठूलो लगानी डुब्ने तथा श्रमिकका आश्रित परिवारका सदस्यहरु गरी सैयौंको रोजीरोटी गुम्ने खतरा उत्तिकै छ ।
यहाँ सञ्चालित फिस्टेल डेरी प्रालिका संचालक सुरेशकुमार ध्वजुले संक्रमण संख्या बढे पनि उद्योगको काम नरोक्ने बताउँछन् । ‘दैनिक उपभोग्य बस्तु भएकाले उत्पादन रोक्न पनि मिल्दैन,’ उनी भन्छन्, ‘रोकेमा किसान र श्रमिकलाई प्रत्यक्ष मार पर्छ ।’
अघिल्लो पटक उद्योगलाई आइसोलेसन बनाएर पनि उत्पादनलाई निरन्तरता दिएको ध्वजुले स्मरण गरे । लकडाउन भए पनि बजारमा दूध, दही, पनीर, ध्यू, आइसक्रिम जस्ता दुग्धजन्य सामग्रीको माग नियमित हुने गर्दछ । चितवन, नवलपुरदेखि बुटवलसम्मबाट दूध खरिद गरेर बिक्रीवितरण गरे पनि पोखरा क्षेत्रमा खपत भइरहेको उनको भनाइ छ ।
निर्माण व्यवसायी फणीन्द्रराज शर्मा पनि ठूलै महामारी र कडाखालको लकडाउन घोषणा भए पनि उद्योगको काम नियमित रुपमा नै हुने विश्वासमा छन् । ‘सरकारले नै निर्माण कार्य नरोक्नु भनेको । लकडाउन नै भए पनि विकास निर्माणका कार्यलाई प्रोत्साहन नै गरेको छ,’ उनले भने, ‘बाहिरी बजारमा लकडाउन होला तर उद्योगको काम रोकिंदैन ।’

पोखरा औद्योगिक क्षेत्रका उद्योगी व्यवसायी जस्तोसुकै परिस्थिति आए पनि बन्द नगर्ने पक्षमा छन्

शर्मा र ध्वजु त प्रतिनिधिपात्र हुन् । उनीहरु जस्तै अधिकांश उद्योगी व्यवसायी कठिन परिस्थिति बाबजुद उद्योग बन्द गर्न पक्षमा छैनन् । रोगभन्दा भोक ठूलो हुने र मजदूरको जीविकाको प्रश्नले गर्दा पनि उद्योगधन्दा बन्द नगर्ने उनीहरुको पूर्व तयारी छ ।
पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख किशोरकुमार पाण्डेले सरकारको कोरोना नियन्त्रण नाममा जस्तोसुकै आदेश गरे पनि आफूहरुले विगतमा झैं बन्द नगरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर संचालन गर्ने बताउँछन् । अघिल्लो सातामात्र सरुवा भइ आएका उनले यहाँका उद्योगधन्दा एवं कारखानाको अवस्था बुझ्दै गरेको बताउँदै जस्तोसुकै परिस्थितिमा पनि उद्योग सहजरुपमै संचालन हुने स्पष्ट पारे ।
पोखरा औद्योगिक क्षेत्रका ८६ उद्योग प्रतिष्ठानमध्ये चालु अवस्थाका ७७ छन् । निर्माणाधीन उद्योग १, रद्घ १ र अन्य ७ संघसस्था छन् ।
विशेषगरी यहाँ दूध तथा दूधजन्य पदार्थ, बेकरी, चाउचाउ, बिस्कुट, दाना तथा ह्याचरी, प्रिन्टिङ तथा प्याकेजिङ, प्लास्टिक, प्रशोधित पिउनेपानी, टायल तथा ब्लक, सिरक, डसना, फम काठ तथा फलामका फर्निचर, अक्सिजन ग्यास, झोल साबुन लगायतका उद्योग बढी संख्यामा छन् । यहाँ निजी क्षेत्रको करिब ४ अर्ब लगानी छ ।

Related News

सम्बन्धित समाचार

  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ । दोबिल्लास्थित…
  • गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • स्वदेश फर्किए कतारी अमिर

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा ।  नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्। उनलाई…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…

hero news full width