२० औं आहारारामा हिमालयन सडनडेथको शिकार

धनबहादुर गुरुङ
माघ ७, २०७८
aaha

पोखरा, ७ माघ । विभागीय नेपाल पुलिस क्लब २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ । शुक्रबार हिमालयन शेर्पा क्लबलाई सडनडेथको शिकार बनाउँदै पुलिस अन्तिम ८ मा प्रवेश गरेको हो ।
निर्धारित समयको खेल १–१ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । साथै पेनाल्टी सुटआउटमा समेत ४–४ को बराबरी भएपछि सडनडेथमा पुगेको हो । जसमा हिमालयन शेर्पाका पूर्णबहादुर गुरुङ गोल गर्न चुकेका थिए । पुलिसका गोलकीपर रोशन खड्का म्यान अफ दी म्याच घोषित हुँदै नगद ८ हजार पुरस्कार प्राप्त गरेका छन्।

सडन डेथमा पुलिसका लागि बुद्ध तामाङ र राम बाजीले गोल गर्दा हिमालयनका लागि जीवन गुरुङको प्रहार गोलमा परिणत भएपनि पूर्णबहादुरको प्रहार विपक्षी गोलरक्षक रोशन खड्काले उत्कृष्ट बचाउ गरेका हुन्। त्यसअघि, पेनाल्टी सुटआउटमा पुलिसका लागि तीर्थ रानामगर, नीरकुमार राई, सुमन सुवेदी र क्याप्टेन भोला सिलवालको प्रहार गोलमा परिणत भएको थियो । कपिल ढकालले प्रहार क्रसबारमाथिबाट बाहिरियो । त्यस्तै, हिमालयनका त्रिदेव गुरुङ, विश्वास श्रेष्ठ, पिस्टोल मुटुम्बा र आशीष गुरुङले मात्र गोल गर्न सकेका थिए । उलरिच सिवेको प्रहार पोस्टमा लागेर बाहिरिन पुगेको थियो।

शनिबार अमेरिकी टिम र एपिएफबीच पहिलो क्वाटरफाइनल हुनेछ

खेलको ५३ औं मिनेटमा पुलिसका लागि नीरकुमार राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता धेरै समय टिकेन । ५९ औं मिनेटमा हिमालयनका लागि क्याप्टेन विश्वास श्रेष्ठले गोल फर्काउँदै बराबरीमा ल्याएका थिए । त्यसपछि ९० मिनेटसम्म दुवैका राम्रा अवसर खेर जाँदा खेल अतिरिक्त समयमा धकेलिएको थियो । पुलिसले क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ।

शनिबार सशस्त्र प्रहरी बलको एपिएफ क्लब र अमेरिकाको बिवाईएससी क्लबबीच पहिलो क्वाटरफाइनल हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । पाहुना टोली सिधै क्वाटरफाइनल खेल्दा एपिएफले उद्घाटनमा आयोजकलाई २–० गोलअन्तरमा पराजित गर्दै विजयी यात्रा सुरुआत गरेको हो।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width