काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २३ हजार ९२ परीक्षण गर्दा १० हजार ७०३ मा सङ्क्रमण पुष्टि भएको हो ।
सक्रिय सङ्क्रमितको सङ्ख्या ६५ हजार ३७४ पुगेको छ । पछिल्लो समय थप ७६६ सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १९ हजार ५७५ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९१।४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
विगत २४ घण्टामा तीन जनाको सङ्क्रमणको कारणले मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ६३५ को सङ्क्रमणका कारणले मृत्यु भएकोे छ ।
पाँच सय र २०० भन्दाबढी सङ्क्रमण भएको जिल्ला १५र१५ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् । यस्तै २०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा पर्सा, बारा, महोत्तरी, सत्तरी, सर्लाही, सिराहा, नुवाकोट, धादिङ, गोरखा, तनहु, स्याङजा, वागलुङ, दाङ, सुर्खेत र कन्चनपुर रहेका छन् ।
नेपालमा सङ्क्रमण दर १७।६ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा ६३ हजार ७३४, संस्थागत आइसोलेशनमा एक हजार ६४०, आइसियुमा १९४ र भेन्टिलेटरमा ३५को उपचार हुँदैछ ।
तीन लाख बढीले खोप लगाए
विगत २४ घण्टामा तीन लाख सात हजार ४०१ ले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ३७९ र पूर्णमात्रा एक करोड २७ लाख ४६ हजार ५८० जनाले लगाइसकेका छन् ।
यस्तै कोरोना भाइरस विरुद्धको बुस्टर डोज ५० हजारभन्दा बढीले लगाएका छन् । मन्त्रालयका अनुसार यही माघ २ गतेदेखि अग्रपङ्तिमा काम गर्नेलाई अहिलेसम्म ५० हजार २०७ मात्रा बुष्टर डोज खोप लगाइएको छ ।
Related News
सम्बन्धित समाचार
स्वदेश फर्किए कतारी अमिर
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव
पोखराको चाउथेमा गएराति स्कुटर दुर्घटनामा एक किशोरीको मृत्यु
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
hero news full width
मुख्य समाचार
रोजगार खोज्दै मेलामा
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१