निर्वाचन आयोगद्वारा ३ दल खारेज

आदर्श समाज सम्वाददाता
माघ ७, २०७८
Election Commision Nepal1

पोखरा ।  निर्वाचन आयोगले तीन वटा राजनीतिक दलको दर्ता खारेज गरिदिएको छ। नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद नामका दलको दर्ता खारेज गरिएको आयोगले जानकारी दिएको छ।

यी दलले लेखापरीक्षण प्रतिवेदन बुझाएका थिएनन्। लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले २० हजारसम्म गरिवाना गर्ने गर्छ। गत साउन २० मा यी दललाई लेखापरीक्षण प्रतिवेदन बुझाउन आयोगले आग्रह गरेको थियो। लेखापरीक्षण र आयोगको सूचना बमोजिम जरिवाना पनि नबुझाएकोले तीन दल खारेज गरिएको आयोगले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width