पूर्वाञ्चल विश्वविद्यालयको पनि परीक्षा स्थगित

आदर्श समाज सम्वाददाता
माघ ७, २०७८
purbanchal~

पोखरा । पूर्वाञ्चल विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेको छ । आइतबारदेखि माघ मसान्तसम्म सबै परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रक मोहन बस्नेतले जानकारी दिए । शुक्रबार बसेको परीक्षा निर्देशन समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको नियन्त्रक बस्नेतले बताए।

कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा फैलन थालेपछि विश्वविद्यालयले परीक्षा स्थगित गरेको हो । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width