एकैदिन थपिए १२ हजार ३३८ जना कोरोना संक्रमित

आदर्श समाज सम्वाददाता
माघ ६, २०७८
Corona Banner

पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ३ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ३२ पुगेको छ।

यस्तै आज ६ सय ४९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। हाल देशभर ५७ हजार ३ सय २८ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा २१ हजार ७ पिसिआर तथा ६ हजार ४९० एन्टिजेन परीक्षण भएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width