पोखरा। २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र विभागीय टिम एपिएफ क्बल भिड्ने भएका छन् ।
आयोजकले मंगलबार खेलतालिका सार्वजनिक गर्दै माघ ६ गते हुने उद्घाटनमा आयोजक र एपिएफ टिमबीच प्रतिस्पर्धा हुने जानकारी दिएको हो । सो खेलको विजेताले माघ ८ मा हुने क्वाटरफाइनलमा पाहुना टोली अमेरिकाको बिवाइएससीसँग प्रतिस्पर्धा गर्नेछ ।
दोस्रो दिन नेपाल पुलिस र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । सो खेलको विजेताले सेमिफाइनल प्रवेशका लागि माघ ९ मा मनाङसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, माघ १० मा संकटा र मछिन्द्र क्लब प्रि–क्वार्टरफाइनलमा खेल्ने छन् । अन्तिम प्रि–क्वाटरफाइनलमा थ्रि स्टार र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । माघ १५ सम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागिता छ ।
उद्घाटन खेलमा आयोजक सहारा क्लब र एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।
विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई अप्रिला स्कुटर प्रदान गरिनेछ । स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने क्लब अध्यक्ष सुरज गुरुङले जानकारी दिए । सहाराले यो वर्ष पनि ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८’ बाट १ खेलाडीलाई ३५ हजार रुपैयाँसहित सम्मान गर्ने भएको छ ।
प्रतियोगिता अवलोकन गर्न खोप कार्ड अनिवार्य गरिएको क्लबले जानकारी दिएको छ । कोभिड–१९ को तेस्रो लहरका कारण यस पटक दर्शकबिना नै प्रतियोगिता नियमित संचालन गर्ने क्लब उपाध्यक्ष एवं प्रतियोगिता संयोजक केशवराज बरालले जानकारी दिए । यता, कास्की प्रशासनले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । त्यसैलाई मध्यनजर राख्दै आयोजकले दर्शक राखेर जोखिम दिन नचाहेको बताइन्छ । दर्शकका रुपमा यस पटक आयोजक, प्रायोजक, पत्रकार, मेडिकल टिमलगायत मात्र हुनेछन् । उनीहरुको हकमा पनि खोप कार्ड अनिवार्य गरिएको छ । १ करोड ३६ लाख आम्दानी अनुमान गरिको प्रतियोगिताबाट ३० लाख बचत हुने र सो रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लब महासचिव रामजीप्रसाद अधिकारीले जनाए । एकेडेमीमा हाल १४ जिल्लाका २४ जना बालक आश्रित छन् ।
Related News
सम्बन्धित समाचार
जसुलाई रोटरी भोकेसनल एक्सिलेन्स अवार्ड
पोखराको काहुँडाँडामा भीषण आगलागी
आर्वामा भलिबल प्रतियोगिता हुने
बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ७ को मृत्यु, २० घाइते
मनाङेले लिए मन्त्रीको सपथ, टिक्ला पाण्डे सरकार ?
hero news full width
मुख्य समाचार
दीपक मनाङेलाई भाैतिक मन्त्रालय
चौथो पटक मन्त्री बन्दै दीपक मनाङे, आजै शपथ खुवाउने तयारी
चैत्र ५, २०८०सुन तस्करीमा संलग्न रहेको आरोपमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ
चैत्र ५, २०८०गण्डकीका नयाँ प्रदेश प्रमुख भट्टले सम्हाले पदभार
चैत्र ४, २०८०विश्व पर्यटन बजारमा पोखराको ‘ब्राण्डिङ’ हुन्छ : मुख्यमन्त्री पाण्डे
चैत्र ४, २०८०बाबुरामलाई संसद सचिवालयले भन्यो : महिन्द्रराय र उमरावती माओवादीकै सांसद
चैत्र ४, २०८०