फेरि बढ्याे डिजेल पेट्राेलकाे भाउ

आदर्श समाज सम्वाददाता
माघ ६, २०७८
petrolium

पोखरा । नेपाल आयल निगम लिमिटेडले बुधबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३–३ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य ५ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य १ सय डलर प्रतिकिलोलिटर वृद्धि गरिएको छ।

मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय ३९ रुपैयाँ, डिजेल तथा मट्टितेल समान १ सय २२ रुपैयाँ प्रतिलिटर पुगेको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य एक सय ६ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य ९ सय ९५ रुपैयाँ प्रतिकिलोलिटर निर्धारण गरेको निगम प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए।

उनका अनुसार मूल्यवृद्धिपछि पनि निगमलाई एक अर्ब ८८ करोड रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरिएको छ।

Related News

सम्बन्धित समाचार

  • पोखराबाट अथर स्कुटरको बिक्री सुरु

    आदर्श समाज सम्वाददाता फागुन १३, २०८०
    पोखरा । एथर इलेक्ट्रिक स्कुटर पोखरामा बिक्री सुरु भएको छ । एथरका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता अटोवेज प्रालिमा शनिबार…
  • अर्थ मन्त्रीसँग सवारी साधनहरुको रिएक्सपोर्टको सम्बन्धमा छलफल

    आदर्श समाज सम्वाददाता पौष १२, २०८०
    पोखरा । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय अर्थ मन्त्री श्री प्रकाशशरण महतसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा…
  • पोखरामा देशकै ठूलो अटो मेला

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा। नेपालमा विद्युतीय गाडीहरूको माग बढेको छ । विद्युतीय गाडी (इभी) प्रवद्र्धनको सरकारी नीति एवं इन्धनमा गरिने खर्च बचतका कारण…
  • पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । पोखरामा सिट्रोन कारको शोरुम सञ्चालनमा आएको छ । पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेता एसएसएल मोटर्सको सोरुम पोखराको नयाँबजारमा…
  • सामुदायिक विद्यालयलाई बस किन्न अटोवेजको सहयोग

    आदर्श समाज सम्वाददाता श्रावण ३२, २०८०
    पोखरा । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न भारतबाट ६ वटा स्कुल बस नेपाल ल्याइएको छ । अटोवेज प्रालिको सहयोगमा…

hero news full width