कोरोना प्रभावले कास्कीमा विद्युतीय राहदानी र राष्ट्रिय परिचय पत्र दर्ता स्थगित

आदर्श समाज सम्वाददाता
माघ ५, २०७८
cdo kaski

पोखरा । कास्कीमा विद्युतीय राहदानी र राष्ट्रिय परिचय पत्र दर्ता प्रक्रिया स्थगित भएको छ । केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र अन्यमा मिल्दोजुल्दो लक्षण देखिएपछि जिल्ला प्रशासन कार्यालयले सेवा प्रभावित हुने भन्दै हालका लागि सो कार्य स्थगित गरेको जनाएको छ । तर, तयारी अवस्थामा रहेका राहदानी भने वितरण हुनेछ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बुधबार सूचना जारी गर्दै अनिश्चित समयका लागि कार्यालयको आंशिक सेवा स्थगन गरिएको जानकारी दिएका हुन् । राहदानी, राष्ट्रिय परिचय पत्रसहित भारतीय पेन्सन सिफारिस सम्बन्धी कार्य एवं सेवासमेत हाललाई बन्द गरिएको सूचनामा उल्लेख छ।

सूचनामा भनिएको छ , ‘सम्बन्धित सबै सेवाग्राहीले पनि कोभिड १९ संक्रमणदर सामान्य नहुने अवस्थासम्म विद्युतीय राहदानी प्राप्तिका लागि अनलाइन आवेदनसमेत नगर्नु हुन अनुरोध छ ।’
कास्कीमा हालसम्म १ हजार ५ सय ४६ जना सक्रिय संक्रमित छन्।

हेर्नोस् सूचनाः

Related News

सम्बन्धित समाचार

hero news full width