लोक सेवा आयोगका परीक्षा रोक्ने तयारी

आदर्श समाज सम्वाददाता
माघ ५, २०७८
Lok-Sewa-Aayog-Building

पाेखरा । लोक सेवा आयोगले कोरोना संक्रमण बढ्दै गएपछि परीक्षा स्थगित गर्ने भएको छ । बिहीबार बस्ने आयोगको नियमित बैठकले परीक्षा स्थगितको निर्णय गर्ने बताइएको छ । आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले कोरोना संक्रमण बढ्दै गएको अवस्थामा परीक्षा के गर्ने भन्ने विषयबारे आन्तरिक छलफल भइरहेको बताए । लोक सेवा आयोगका कर्मचारीहरुमा पनि दिनहुँजसो कोरोना संक्रमण पुष्टि हुन थालेपछि आयोग दबाबमा छ।

Related News

सम्बन्धित समाचार

hero news full width