एकै दिनमा अहिलेसम्मकै धेरै ११३५२ जना संक्रमित

आदर्श समाज सम्वाददाता
माघ ५, २०७८
Corona Banner

पाेखरा । पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । यो संख्या एकै दिनमा भेटिने संक्रमितमा सबैभन्दा उच्च हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित मध्ये ६ हजार ३४३ जना काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ जना छन् । पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित छन्।

यसैबीच सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । अब निजीमा १५ सय र सरकारीमा ८ सयमै परीक्षण गर्न पाइने छ।

Related News

सम्बन्धित समाचार

hero news full width