एकै दिनमा अहिलेसम्मकै धेरै १०२५८ जनामा कोरोना

आदर्श समाज सम्वाददाता
माघ ४, २०७८
Corona Banner

पाेखरा । पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  नेपालमा कोरोना संक्रमण भित्रिएयता एकै दिनमा पुष्टि भएको याे सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा देशभरमा गरी २२ हजार ८२८ जनाको परीक्षण गरिएको थियो । १७ हजार ८७२ जनाको पीसीआर टेष्ट गर्दा ८७३० र १० हजार २५८ जनाको एन्टीजेन परीक्षण ष्र्दा १५२८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल देशभर करिब ४० हजार सक्रिय संक्रमित छन्।

Related News

सम्बन्धित समाचार

hero news full width