पोखरा । कोरोना महामारीका कारण सरकारले स्वास्थ्य सुरक्षामा कडाइ गर्दै जाँदा पोखरामा राष्ट्रिय–अन्तर्राष्ट्रिय अन्तरक्लब फुटबल प्रतियोगिता हुँदैछ।
सहारा क्लब पोखराले बर्सेनि आयोजना गर्दै आएको आहारारा गोल्डकपको २० औं संस्करण माघ ६ देखि १५ सम्म पोखरा रंगशालामा हुन लागेको हो । कोरोना महामारीले पूर्व निर्धारित मेला, महोत्सव धमाधम स्थगित हुँदै जाँदा आयोजक सहारा क्लब पोखराले जसरी पनि प्रतियोगिता गर्न आफूहरु अन्तिम तयारीमा रहेको जनाएको छ।
‘रंगशालामा दर्शकको उपस्थिति न्युन हुने सम्भावना भए पनि प्रतियोगिता रोक्दैनौं, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै प्रतियोगितालाई निरन्तरता दिने छौं,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक केशवराज बरालले भने । जिल्ला प्रशासन कार्यालयले सोमबार जारी गरेको आदेशअनुसार रंगशालामा एकतिहाइ दर्शक राखेर प्रतियोगिता गर्न सकिने उल्लेख छ । रंगशालाको प्यारापिट १६ हजार दर्शक क्षमताको भएकोले भौतिक दूरी कायम गर्न सकिने आयोजकको विश्वास छ । क्याराभानसहित २ दशकको यात्रामा आयोजकले जस्तोसुकै विषम परिस्थितिबीच पनि प्रतियोगिता स्थगित गरेको छैन।
१० टिमले भाग लिने प्रतियोगिताको उद्घाटन खेल आयोजक र नेपाल एपिएफ क्लबबीच हुनेछ । विजेतालाई १० लाख र उपविजेतालार्य ५ लाख दिइनेछ । यस्तै, सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानवापत १ जनालाई ३५ हजार सहित सम्मान गरिने कार्यक्रम रहेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए । हिमश्री फुड्सको उत्पादन आहा तथा रारा चाउचाउले गरेको छ । प्रतियोगिताबाट १ करोड ३६ लाख आम्दानी हुने र त्यसमध्ये ३० लाख बचत गर्ने आयोजकको लक्ष्य छ । बचत रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा आश्रित २४ बालकहरुको शिक्षा, दीक्षा र खेलमा खर्च गरिने क्लब अध्यक्ष हरिराम गुरुङ सुरजले बताए।
Related News
सम्बन्धित समाचार
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
hero news full width
मुख्य समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१