कोरोनाका बिरामीले बेड भरिन सुरु

धनबहादुर गुरुङ
माघ ३, २०७८
Gandaki Full Covid Bed Photo

पोखरा। गण्डकी अस्पतालमा ९ जना कोरोना संक्रमितले उपचार गराईरहेका छन् । ती मध्ये ३ जना भेन्टिलेटरमा छन् भने बाँकी ५ जना आईसियूमा छन् र एक जना जनरल वार्डमा छन् । कोरोनाको दोस्रो भेरियण्ट बढेका बेला मेडिकल वार्डलाई पनि आईसोलेसन वार्ड बनाएर सेवा दिएको अस्पतालमा अहिले ४८ वटा बेड कोरोनाका लागि छुट्याइएको छ । एक हप्ता अघिसम्म भर्ना भएर सेवा उपचार गर्नेको संख्या शून्यमा थियो । पछिल्ला दिन संक्रमित भर्ना हुने संख्या बढिरहेका अस्पतालका कोभिड फोकल पर्सन डा. शरदचन्द्र बरालले जानकारी दिए । ‘बिचमा केश शून्यमा पनि पुग्यो त्यो बेला आइसोलेसन बन्द गर्ने की भनेर पनि सोंचेका थियौं,’ उनले भने, ‘हामीले बाहिरका समाचारका आधारमा नहटाई अझ शसक्त अवस्थामा बसेका छौं ।’

प्रदेश मातहतमा संचालित संक्रामक तथा सरुवा रोग अस्पतालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेका छन् । एक हप्ता अगाडि २ जना भएकोमा बढेर ६ जना पुगेको अस्पतालका निर्देशक विकास गौचनले बताए । ‘पछिल्ला दिनमा बिरामी आउने क्रम बढेको छ, हामी माथि चुनौति अझ थपिनेवाला छ,’ उनले भने, ‘एकहप्ता अघि सम्म दिनमा १÷२ जनामा मात्र कोरोनाका बिरामी थिए शून्यमा झर्ला की भनेको झन उकालो लाग्दैछ ।’ अस्पतालमा अहिले ६ वटा आईसियू, एचडियू २० वटा, ईमरजेन्सीमा ६ वटा, जनरल आइसोलेसनमा २७ वटा बेड रहेको निर्देशक डा. गौचनले जानकारी दिए । अवस्था जटिल हुनसक्ने आँकलन गर्दै आफूहरु तयारी अवस्थामा रहेको उनको भनाई छ ।

प्रदेशमा पिसिआर टेष्टका लागि नमुना परिक्षण पनि बढ्न थालेका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला, गण्डकीको तथ्यांक अनुसार पछिल्ला दिनमा दैनिक ५ सय नमुना संकलन हुने गरेको छ । ‘हाम्रै प्रयोगशालामा एक सय जना आउँछन् बाहिरबाट चार सय नमुना आउने गरेको छ’ निर्देशनालयकी नि.निर्देशक सपना सुवेदीले भनिन्, ‘एक हप्ता अघिसम्म दैनिक एक सयको नमुना परिक्षण गरिन्थ्यो ।’

संकलिन नमुनामध्ये आधामा कोरोना पोजेटिभ देखिएको छ । सोमबार ८ सय ३७ नमुना परिक्षण गरिएकोमा ३ सय ७८ जनामा पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ । आइतबार २ सय १३ जना संक्रमित भएकोमा सोमबार कोरोना संक्रमण झनै बढेको हो । सोमबार सबैभन्दा बढि कास्कीमा १ सय ८६ जना संक्रमित भएका हुन् भने सबैभन्दा कम मुस्ताङमा एक जना पोजेटिभ भेटिएको हो । मनाङमा शून्य संक्रमण हुँदा म्याग्दीमा दुई, पर्वतमा तीन, लमजुङमा चार, र बागलुङमा नौं जनामा पोजेटिभ देखिएको हो । यस्तै स्याङ्जामा ६३, गोरखामा ४५, नवलपुरमा ३४ र तनहुँमा ३१ जनामा सक्रमण भएको निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय ३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय ४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ । हाल देशभरमा ३० हजार ८ सय ७७ संक्रिय संक्रमित छन् ।

संक्रमितको संख्या बढिरहेका समयमा स्वास्थ्य निर्देशनालयले तयारी पनि द्रुत गतिमा अघि बढाएको निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले जानकारी दिए । खोपको प्रवन्ध, नमुना संकलन र जिल्ला अस्पतालहरुमा बेडको अवस्थाको बारेमा तथ्यांक संकलन गरिरहेको उनले बताए । प्रदेशभर कोरोनाका बिरामीका लागि साधारण बेड क्षमता ५ सय रहेकोमा १३ जना भर्ना भएका छन् । एचडियू बेड ३ सय २१ क्षमता भएकोमा ३ सय २१ बेड खाली छन् । दुई सय तीन आइसियू बेडमा सोमबारसम्म ११ जनाले उपचार गरिरहेका छन् । प्रदेशभर भेन्टिलेटरको संख्या ४९ रहेकोमा सबै खाली रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशमा अहिलेसम्म ओमिक्रोनका बिरामी नभेटिएको प्रदेश प्रयोगशाला निर्देशनालयकी नि.निर्देशक सपना सुवेदीले जानकारी दिईन् । ‘अहिलेसम्म गण्डकीमा त देखिएको छैन्, तर पुस २३ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले २४ जेन सीक्वेन्सीङ गर्दा सबैमा ओमिक्रोन देखिएको थियो,’ उनले भनीन्, ‘त्यसैले बाँकी रहेकाहरुमा ओमिक्रोन देखिनसक्छ त्यसमा गण्डकीका छैन् भन्न सकिन्न ।’ पुस २३ गतेसम्म संकलित १ हजार १ सय ४६ नमुना संकलन गरिएको मध्ये केही नमुनाम गण्डकी प्रदेशबाट पनि लगिएको थियो । संकलित सबैको एस जेन स्क्रिनिङ गर्दा २ सय ५० को नेगेटिभ देखिएको थियो । नेगेटिभ देखिएका मध्ये २४ जनाको जेन सीक्वेन्सीङ गर्दा सबैमा ओमिक्रोन देखिएको थियो । जेन सीक्वेन्सीङ गर्न बाँकी मध्ये केही नमुना गण्डकी प्रदेशको पनि हुन सक्ने उनको भनाई थियो । ओमिक्रोन जाच्ने मेसिन भने गण्डकी प्रदेशमा नभएको उनले बताईन् ।

कुनै शंकास्पद बिरामी भेटिए जेनसिक्वेन्सिङ गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पढाउनुपर्ने लामो प्रक्रिया छ । मन्त्रालयले एस जेन स्क्रिनिङको सुविधा भने विभिन्न अस्पतालमा पु¥याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपालले जारी गरेको विज्ञप्तीमा विर अस्पताल, निजामती कर्मचारी अस्पताल, विरेन्द्र सैनिक अस्पताल, त्रिभुवन शिक्षण अस्पताल, प्रदेश २ को प्रदेश जनस्वास्थ्य प्रयोगशाला र भेरी अस्पतालबाट एस जेन स्क्रिनिङको सुविधा छ ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…

hero news full width