मुनाल सहकारीको वार्षिकोत्सवमा सिरक सहयोग

आदर्श समाज सम्वाददाता
माघ ३, २०७८
munal pic 1

पोखरा। मुनाल बचत तथा ऋण सहकारी संस्था, पोखरा स्थापनाको १४ औं वर्षमा प्रवेश गरेको छ । सहकारीले वार्षिकोत्सव अवसरमा मंगलबार पामेस्थित सिद्धवराह तपोवन सन्यास आश्रमका बटुक विद्यार्थीको लागि ४० हजार बराबरको १८ थान सिरक, बेड कभर लगायत सामग्री सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष मगनलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सहयोग हस्तान्तरण कार्यक्रममा आश्रमका पीठाधीश निषेशानन्द महाराजले सहयोगी मनलाई धन्यवाद दिंदै मुनाल सहकारीको यो सहयोगले बटुक विद्यार्थीले न्यानो माया तथा स्नेह प्राप्त भएको भन्दै प्रशंसा गरे ।

संस्थाका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद हुमागाईं तथा पूर्व अध्यक्ष तथा सल्लाहकार मेघनाथ काफ्लेले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै सामाजिक कार्यक्रलाई भविष्यमा पनि निरन्तरता दिनुपर्ने बताए ।
वार्षिकोत्सव विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको सहकारीले यस वर्ष सिद्धबराह तपोवन सन्यास आश्रमका विद्यार्थीको लागि आवश्यक न्यानो सिरक वितरण गरेको हो । सहयोगबाट विद्यार्थीलाई थोरै भए पनि राहत हुने संस्थाका अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य सुदर्शन न्हुच्छे प्रधान, डीलकुमारी पौडेल, सन्तोषकुमार घिमिरे, कालिप्रसाद मैनाली, व्यवस्थापक अम्बरबहादुर थापा र डम्बरकुमारी श्रेष्ठलगायतको उपस्थिति थियो । कार्यक्रम संचालन सचिव नारायणबहादुर थापाले गरेका थिए । कास्की जिल्लाभर कार्यक्षेत्र रहेका सहकारीले पोखराको नयाँबजारस्थित आफ्नै भवनबाट सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width