लुम्बिनी विकास बैंकद्वारा सहारा एकेडेमीलाई आर्थिक सहयोग

आदर्श समाज सम्वाददाता
माघ ३, २०७८
lumbini ~

पोखरा । लुम्बिनी विकास बैंकले सहारा क्लबले पोखरा १७ दोबिल्लामा सञ्चालन गरेको सूर्यबहादुर केसी स्मृति फुटबल एकेडेमीलाई २ लाख ४३ हजार रुपैयाँ सहयोग गरेको छ । बैकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल, बैंकका पोखरा न्युरोड शाखाका शाखा प्रबन्धक बलबहादुर ढकाल, महेन्द्रपुल शाखा प्रवन्धक गोपिराज अधिकारीले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ, क्लबका निवर्तमान अध्यक्ष केशवबहादुर थापा र पूर्व अध्यक्ष विक्रम थकाली लगायतलाई चेक हस्तान्तरण गरे ।

बैंकका सञ्चालक सिग्देलले सहारा एकेडेमीमा आश्रित बाल–बालिकालाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । उनले सहाराले निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएकोले बताए ।

लुम्बिनी विकास बैंकले गरेको सहयोगका लागि आभार प्रकट गर्दै सहारा क्लबका अध्यक्ष गुरुङले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खर्च गरिने बताए । बैंकले आहा रारा गोल्डकपलाई लामो समयदेखि बैंकले बैंकिङ पार्टनरका रुपमा सहयोग गर्दै आएको अध्यक्ष गुरुङले बताए ।

एकेडेमीमा हाल १५ जिल्लाका २४ कठिन एवं विपन्न परिस्थतिका बालक रहेको क्लबको उपाध्यक्ष तथा एकेडेमीका संयोजक चित्रबहादुर पुनले जानकारी दिए । सहारा क्लब पोखराले उनीहरुको लालनपालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिँदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको हो ।

लुम्बिनी विकास बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखामार्फत २०७८ पुस मसान्तसम्ममा बैंकले ४२ अर्ब ३८ करोड निक्षेप संकलन गरी ३८ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ । बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७९ शाखा र १७ वटा एटिएमबाट करि ३ लाख ८० हजार ग्राहकलाई सेवा दिँदै आएको छ ।

लुम्बिनी विकास बैंक लिले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहारा क्लब पोखरा सहयोग रकम हस्तान्तरण गरेको बैंकका पोखरा न्युरोड शाखाका शाखा प्रबन्धक बलबहादुर ढकालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width