प्रदेश २ को स्थायी राजधानी अब ‘जनकपुरधाम’

आदर्श समाज सम्वाददाता
माघ ३, २०७८
province 2

पाेखरा । प्रदेश २ को स्थायी राजधानी ‘जनकपुरधाम’ प्रदेश सभाबाट दुई तिहाइले स्वीकृत भएको छ । प्रदेश सभामा आज उक्त प्रस्तावमाथि गरिएको मतदानबाट उक्त प्रस्ताव स्वीकृत भएको हो ।

प्रदेश सभामा भएको मतदान पछि सभामुख सरोजकुमार यादवले मतपरिणाम सुनाएका थिए । उनका अनुसार आज भएको मतदानमा उपस्थित भएका ९९ जना सांसदहरू मध्ये ७८ जना सांसदले जनकपुरधामको पक्षमा मतदान गरेका थिए । प्रदेश सभामा रहेका कुल १०४ जना सांसद संख्याको दुई तिहाइ मत भएकोले जनकपुरधाम स्थायी राजधानीको रूपमा दुई तिहाइ बहुमतले पारित भएको सभामुख यादवले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width