अलैंची उत्पादन ८५ प्रतिशतले कमी

आदर्श समाज सम्वाददाता
माघ ३, २०७८
alichi~

लमजुङ । लमजुङमा यस वर्ष अलैंची उत्पादनमा कमी आएको छ । आवश्यकताअनुसार समयमा पानी नपर्नु, मौसम अनुकूल नहुनु, बोटमा कीरा लाग्नु र बोट सुक्नुलगायतका कारणले यो वर्ष अलैंची उत्पादनमा कमी आएको हो ।

गत वर्षको तुलनामा यो वर्ष करिब ८५ प्रतिशतले उत्पादनमा कमी आएको नेपाल अलैंची जोन कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष जिल्लामा ४ सय मेट्रिक टन अलैंची उत्पादन भएको थियो । यस वर्ष अलैंचीको उत्पादन घटेर ३५ मेट्रिक टनमा सिमित भएको छ । गत वर्ष अलैंचीको बिक्रीबाट १८ करोड २० लाख आम्दानी गरेका किसानले यो वर्ष ३ करोड ५० लाख मात्र आम्दानी गर्न सकेको कार्यालयले जनाएको छ ।

यसवर्ष रोग प्रकोप, जलवायु परिवर्तन, सिंचाइको कमीलगायतका कारण अलैंची उत्पादनमा भारी गिरावट आएको नेपाल अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेशका संयोजक तथा जिल्ला अध्यक्ष अजय तामाङले बताए । मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका अलैंची किसानसमेत रहेका संयोजक तामाङले गतवर्ष ४ सय ५० केजी अलैंची दाना उत्पादन भएकोमा यो वर्ष २ सय केजी मात्र उत्पादन भएको बताए ।

त्यस्तै, बेंसिसहर नगरपालिका–१० खाँचेका अलैंची किसान सोमबहादुर तामाङको पनि समस्या तथा उत्पादन उस्तै उस्तै भएको छ । तामाङले गत वर्ष करिब २ सय किलो अलैंची दाना उत्पादन गरेको र योवर्ष भने जम्मा ३२ किलो मात्र अलैंची उत्पादन भएको बताए । अलैंची उत्पादन घटेपनि मूल्य भने वृद्धि भएको छ ।

अलैंची उत्पादनमा गिरावट आएसँगै मूल्यमा समेत गिरावट हुँदा किसानहरु निरास छन् ।

गत वर्ष ४ सय ५० किलो अलैंची दाना बिक्रीबाट २ लाख ७० हजार आम्दानी गरेका छिनेखोलाका तामाङले यो वर्ष २ सय किलो दाना बिक्रीबाटै २ लाख २० हजार आम्दानी गरेका हुन् । खाँचेका तामाङले गत वर्ष १ लाख २० हजार आम्दानी गरेको यो वर्ष ३५ हजार मात्र आम्दानी गरेको बताए ।
गत वर्ष प्रतिकिलो ५ सय देखि ६ सय मा अलैंचीको दाना बिक्री गरेका किसानले यो वर्ष १ हजार ५० देखि १ हजार १ सयसम्म बिक्री गरेका छन् । अलैंची जोन कार्यालयका अनुसार जिल्लामा गत वर्ष १ हजार ६५ हेक्टर क्षेत्रफलमा अलैंची खेती विस्तार भएको थियो भने ४ सय ७९ हेक्टर जमिनमा मात्रै अलैंची उत्पादन भएकोे थियो ।

व्यावसायिक खेती हुँदै आएको लेकाली क्षेत्रहरूमा अलैंची उत्पादनमा गिरावट आएसँगै मूल्यमा समेत गिरावट हुँदा किसानहरु निरास छन् । दशकअघि प्रतिकेजी २ हजार ५ सयसम्म रहेको अलैंचीको मूल्य अहिले प्रतिकिलो ८ सयदेखि ९ सयको हाराहारीमा छ ।
जिल्लामा विसं २०४१ बाट अलैंची खेती विस्तार भएदेखि किसान यस पेशाप्रति आकर्षित हुँदै आएको छ । २०७६ मा जिल्लामा २ हजार क्विन्टल दाना बिक्री गरेर किसानले १२ करोड आम्दानी गरेका थिए । जिल्लामा हाल १ हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा अलैंची खेती हुँदै आए पनि १ हजार २ सय हेक्टर क्षेत्रफलमा मात्र उत्पादन हुँदै आएको छ ।

उक्त परियोजनाले अलैंची जोन पकेट क्षेत्रका रुपमा मस्र्याङ्दी गाउँपालिका, बेंसिसहर नगरपालिका, क्व्होलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ । सो क्षेत्रमा जिल्लाकै सबैभन्दा बढी अलैंची उत्पादन हुने गरेको बताइएको छ । जिल्लाका किसानले कुनै बेला अलैंची दाना प्रतिकिलो २ हजार २ सय सम्ममा बिक्री गर्ने गरेका थिए ।
उचाइअनुसार फरक फरक समयमा अलैंची पाक्ने हुँदा माथिल्लो क्षेत्रमा लगाइएको अलैंची किसानहरूले असोज महिनामा टिप्ने गर्छन् । अलैंची पाकेपछि टिप्न, छोडाउन र सुकाउन व्यस्त हुन्छन्, उनीहरु । दिनभर टिप्ने, राती छोडाउने र फेरि भट्टीमा सुकाउनुपर्ने हुँदा अलैंची किसानहरू त्यस समयमा व्यस्त हुने गरेका छन् । व्यवसायिक रूपमा अलैंची खेती गरेका जिल्लाका अधिकांश किसानहरूले सुकाएर मात्रै ग्रेडिङ गरी बिक्री गर्ने गरेका छन् ।

लमजुङको १२ सय मिटरभन्दा माथिल्लो भागमा व्यवसायिक अलैंची खेती हुने गरेको छ । जिल्लामा २० हजारभन्दा बढी कृषकले व्यवसायिक अलैंची खेती गर्दै आएका छन् । जिल्लामा लगाइएको अलैंचीका दानाको माग उच्च रहँदै आएको छ । जिल्लामा उत्पादित अलैंचीका दाना भारतहुँदै विभिन्न देशमा पुग्ने गरेको छ । रासस

Related News

सम्बन्धित समाचार

hero news full width