ह्वात्तै बढ्यो गण्डकीमा कोरोना

आदर्श समाज सम्वाददाता
माघ ३, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीका अनुसार पछिलो एक सातामा संक्रमित हुनेको संख्या दोब्बरले बढेको हो ।

पुस २६ देखि माघ २ सम्म एक हप्तामा १ हजार ७५ जनामा संक्रमित देखिएको निर्देशनालयले पुष्टि गरेको छ । पुस २५ सम्म ३ सय ६१ जना संक्रमित थिए । आपतकालीन कार्य संचालन केन्द्र, स्वास्थ्य निर्देशनालय, गण्डकी संयोजक नवराज शर्माले पछिल्लो समय संक्रमित बढ्दै गएको जानकारी दिए ।

उनका अनुसार आइतबार २ सय १३ जनामा कोराना देखिएको छ । अघिल्लो दिन शनिबार २ सय ६ जनामा संक्रमण पुष्टि भएको थियो । गण्डकीमा आइतबार संक्रमित हुनेमा सबैभन्दा बढी कास्कीमा १ सय ५८ जना छन् । सबैभन्दा कम पर्वत र म्याग्दीमा १/१ जनामा संक्रमण भएको हो । मनाङ र मुस्ताङमा शून्य रहँदा लमजुङ र नवलपुरमा १२/१२ जना थपिएका हुन् । स्याङ्जामा २०, तनहुँमा ४, बागलुङमा ३ र गोरखामा २ जना भेटिएका हुन् । प्रदेशभर गएको २४ घण्टामा कोरोना निको हुनेको संख्या १६ छ ।

कोरोनाको बढ्दो संक्रमण नियन्त्रणका लागि तयारी थालिएको जनाइएको छ । सबै अस्पतालको अवस्थाबारे निर्देशनालयले जानकारी पनि लिएको छ । प्रदेशभर कोरोनाका बिरामीका लागि साधारण बेड क्षमता ५ सय रहेकोमा १३ जना भर्ना भएका छन् । एचडियु ३ सय २० क्षमता भएकोमा २ सय ५ खाली छन् । २ सय ३ आइसियुमा ७ जनामा बिरामी छन् । प्रदेशभर भेन्टिलेटरको संख्या ४९ रहेकोमा ४८ बेड खाली रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसैबीच, गएको २४ घण्टामा देशभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ हजार १ सय ३१ जनाको नमुना परीक्षण गरिएको थियो । यो अवधिमा जम्मा परीक्षणमध्ये औषत संक्रमणदर ३६ दशमलव एक प्रतिशत छ । गएको २४ घण्टामा ४ सय ३५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या २५ हजार ६ सय ८० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप ३ जनाको मृत्यु भयो । हाल भेन्टिलेटरमा रहनेको संख्या जम्मा २९ र आइसियुमा १ सय २२ जना छन् । होम आइसोलेसनमा २४ हजार ५ सय ८४, संस्थागत आइसोलेसनमा १ हजार ९६ र संस्थागत क्वारेन्टिनमा १ सय २१ जना छन् ।

सरकारले आइतबारदेखि नै अग्रपंक्तितमा रहेका नागरिकलाई बुष्टर डोज खोप सुरु गरिसकेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए ।

Related News

सम्बन्धित समाचार

  • कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल

    आदर्श समाज सम्वाददाता असार १५, २०७९
    पोखरा  । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकार कृषिलाई आधुनिक एवम् व्यावसायिक बनाउन प्रतिबद्ध रहेको बताएका छन्…
  • बजेटको किचलोले संसद बैठक अनिर्णीत

    प्रकाश ढकाल असार १४, २०७९
    पोखरा । चल्तीको नाम सांसद विकास कोष अर्थात् निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको शीर्षक नै अर्थमन्त्रीले काटिदिएपछि गण्डकीमा बजेटमाथिको छलफल सुरु…
  • विदेशमा देखिएको सपनामा रमाउँदै पर्यटक

    धनबहादुर गुरुङ असार १४, २०७९
    पोखरा । बेलायत बस्दै आएका भीमाद ५, मिछुर्लुङका महेन्द्र आले २०७२ सालमा आफ्नो गाउँमा होमस्टे सञ्चालन हुँदा औधी खुसी थिए…
  • नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ

    आदर्श समाज सम्वाददाता असार १३, २०७९
    पोखरा । एकीकृत समाजवादीबाट नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन्। शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले…
  • पटक–पटक किन भासिन्छ पोखरा ?

    विजय नेपाल असार १३, २०७९
    पोखरा । पोखरा महानगरपालिका ४ बूढानीलकण्ठ मन्दिर नजिकैको सडक शनिबार राति भासियो । त्यस क्षेत्रमा यातायात अवरुद्ध बनेको छ भने…

hero news full width