पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीका अनुसार पछिलो एक सातामा संक्रमित हुनेको संख्या दोब्बरले बढेको हो ।
पुस २६ देखि माघ २ सम्म एक हप्तामा १ हजार ७५ जनामा संक्रमित देखिएको निर्देशनालयले पुष्टि गरेको छ । पुस २५ सम्म ३ सय ६१ जना संक्रमित थिए । आपतकालीन कार्य संचालन केन्द्र, स्वास्थ्य निर्देशनालय, गण्डकी संयोजक नवराज शर्माले पछिल्लो समय संक्रमित बढ्दै गएको जानकारी दिए ।
उनका अनुसार आइतबार २ सय १३ जनामा कोराना देखिएको छ । अघिल्लो दिन शनिबार २ सय ६ जनामा संक्रमण पुष्टि भएको थियो । गण्डकीमा आइतबार संक्रमित हुनेमा सबैभन्दा बढी कास्कीमा १ सय ५८ जना छन् । सबैभन्दा कम पर्वत र म्याग्दीमा १/१ जनामा संक्रमण भएको हो । मनाङ र मुस्ताङमा शून्य रहँदा लमजुङ र नवलपुरमा १२/१२ जना थपिएका हुन् । स्याङ्जामा २०, तनहुँमा ४, बागलुङमा ३ र गोरखामा २ जना भेटिएका हुन् । प्रदेशभर गएको २४ घण्टामा कोरोना निको हुनेको संख्या १६ छ ।
कोरोनाको बढ्दो संक्रमण नियन्त्रणका लागि तयारी थालिएको जनाइएको छ । सबै अस्पतालको अवस्थाबारे निर्देशनालयले जानकारी पनि लिएको छ । प्रदेशभर कोरोनाका बिरामीका लागि साधारण बेड क्षमता ५ सय रहेकोमा १३ जना भर्ना भएका छन् । एचडियु ३ सय २० क्षमता भएकोमा २ सय ५ खाली छन् । २ सय ३ आइसियुमा ७ जनामा बिरामी छन् । प्रदेशभर भेन्टिलेटरको संख्या ४९ रहेकोमा ४८ बेड खाली रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यसैबीच, गएको २४ घण्टामा देशभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ हजार १ सय ३१ जनाको नमुना परीक्षण गरिएको थियो । यो अवधिमा जम्मा परीक्षणमध्ये औषत संक्रमणदर ३६ दशमलव एक प्रतिशत छ । गएको २४ घण्टामा ४ सय ३५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या २५ हजार ६ सय ८० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप ३ जनाको मृत्यु भयो । हाल भेन्टिलेटरमा रहनेको संख्या जम्मा २९ र आइसियुमा १ सय २२ जना छन् । होम आइसोलेसनमा २४ हजार ५ सय ८४, संस्थागत आइसोलेसनमा १ हजार ९६ र संस्थागत क्वारेन्टिनमा १ सय २१ जना छन् ।
सरकारले आइतबारदेखि नै अग्रपंक्तितमा रहेका नागरिकलाई बुष्टर डोज खोप सुरु गरिसकेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए ।
Related News
सम्बन्धित समाचार
निसीखोला दुर्घटनाका घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो
सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने दोषी प्रमाणित भए कारबाही गर्नेे प्रधानमन्त्रीको प्रतिबद्धता
पोखराका मेयर धनराज आचार्यलाई मातृशोक
जसुलाई रोटरी भोकेसनल एक्सिलेन्स अवार्ड
पोखराको काहुँडाँडामा भीषण आगलागी
hero news full width
मुख्य समाचार
बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ७ को मृत्यु, २० घाइते
मनाङेले लिए मन्त्रीको सपथ, टिक्ला पाण्डे सरकार ?
चैत्र ५, २०८०दीपक मनाङेलाई भाैतिक मन्त्रालय
चैत्र ५, २०८०चौथो पटक मन्त्री बन्दै दीपक मनाङे, आजै शपथ खुवाउने तयारी
चैत्र ५, २०८०सुन तस्करीमा संलग्न रहेको आरोपमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ
चैत्र ५, २०८०गण्डकीका नयाँ प्रदेश प्रमुख भट्टले सम्हाले पदभार
चैत्र ४, २०८०