पोखरा । साहित्यकार दीपक समीपको मुक्तक सञ्चयन ‘अक्षर अक्षरमा देश’ शनिबार लोकार्पण गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृति लोकार्पण गरेका हुन् ।
पूर्व कुलपति सरुभक्तले हतारमा कृति प्रकाशन गरेर पछुताउनुभन्दा समय लिएर कृति प्रकाशन गर्नु उपयुक्त हुने बताए । पहिलो कृति प्रकाशन गरेको झण्डै १६ वर्षपछि नयाँ कृति प्रकाशन गरिए पनि आगामी दिनमा भने यति लामो अन्तर नराख्न समीपलाई उनको सुझाव थियो । कृतिमा समावेश मुक्तकको तारिफ उनले खुलेरै तारिफ गरे ।
समीक्षक सञ्जीव पौडेलले कृतिको समीक्षा गरेका थिए । पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष डा.ईश्वरमणि अधिकारीले दीपक समीपबारे सबैलाई चिनाए । परिवारका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा भएको समारोहमा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, बिम्बकवि रमेश श्रेष्ठ, पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष जीवनसागर भण्डारीले श्रष्टा समीप तथा उनको मुक्तक संग्रहको बारेमा कृति असाध्यै राम्रो भएको प्रतिक्रिया दिए।
कार्यक्रममा श्रष्टा समीपले सबैको साथकै कारण कृति प्रकाशन गर्न हौसिएको सुनाए । सबैको माया र साथका कारण ऊर्जा थपिएको उनको भनाइ थियो ।
परिवारका कोषाध्यक्ष अर्जुन अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन साहित्य संयोजक रीता अधिकारीले गरेकी थिइन् । कार्यक्रममा साहित्यकार रुपिन्द्र प्रभावीले मुक्तक संग्रहमा समावेश केही मुक्तक वाचन गरेर सुनाएका थिए । विएन पुस्तक संसारमार्फत प्रकाशनमा आएको कृतिमा १ सय १ मुक्तक छन् ।
Related News
सम्बन्धित समाचार
समता काव्य सन्ध्यामा छन्द कविता वाचन
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
नाचगान गरेर मतदाता फकाउँदै राष्ट्रिय युवा संघ
‘छाइल’ उपन्यासमाथि विमर्श
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९