पोखरा । पोखरामा आयोजित दोस्रो टाइगर कप आमन्त्रित खुला महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी र महिलातर्फ एपीएफ क्लब च्याम्पियन बनेका छन् । टाइगर ग्रुप अफ पोखराको आयोजनामा शनिबार फाइनलमा पुरुषतर्फ आर्मीले टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबमाथि ३–१ सेटमा जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो । महिलातर्फ एपीएफले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । पुरुष तथा महिला दुवै इभेन्टमा उपाधि विजेता र उपविजेताले क्रमशः ३ लाख र एक लाख ५० हजार पाए।
पुरुषतर्फ नेपाल पुलिस तृतीय र आयोजक गण्डकी प्रदेश चौथो भए । उनीहरुले ७५ हजार र ३५ हजार पुरस्कार पाए । महिलातर्फ होङ्गान्जी न्यु डायमन्ड स्पोर्टस् क्लब तेस्रो हुँदै ७५ हजार तथा पुलिस चौथो हुँदै ३५ हजार पुरस्कार प्राप्त गर्याे । सर्वोत्कृष्ट खेलाडी आर्मीका दानबहादुर बुढा क्षेत्री र एपीएफकी सरस्वती चौधरी घोषित हुँदै जनही २५ हजार पाए ।
विजयीलाई गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, साउथ एशियन सेन्ट्रल भलिबल एशोसिएसनका अध्यक्ष मोहम्मद लतिफ, नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द, राखेप बोर्ड सदस्य राजेशकुमार गुरुङ, आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्मा लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा १० टिमले भाग लिएका थिए । समापनमा पूर्व राष्ट्रिय खेलाडी ऋषिसरा थापा, प्रशिक्षक रमेश केसी, नेपाल भलिबल संघ महासचिव जितेन्द्रबहादुर चन्दलाई सम्मान गरिएको थियो।
Related News
सम्बन्धित समाचार
पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
धनराज पोखराको १६ औं मेयर
प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
hero news full width
मुख्य समाचार
स्थानीय तह निर्वाचन : कुन दलका कति जनप्रतिनिधि ?
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
जेठ १४, २०७९गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
जेठ १४, २०७९पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९