थप ४६३६ जनामा कोरोना भाइरस संक्रमण

आदर्श समाज सम्वाददाता
माघ १, २०७८
Corona Banner

पाेखरा । नेपालमा थप ४,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएकाे २४ घण्टामा १०,४१२ पीसीआर परीक्षणमा ३,७०३ र ४,१४४ एन्टिजेन परीक्षणमा ९३३ जना गरी ४,६३६ जनामा कोरोना संक्रमण भएको हो । यस अवधिमा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ । सक्रिय संक्रमितमध्ये २० हजार ५३६ जना होम आइसोलेसनमा र १०४८ जना संस्थागत आइसोलेसन अर्थात अस्पतालमा छन्। अस्पतालमा रहेकामध्ये ११९ जना आईसीयूमा र २६ जना भेन्टिलेटरमा छन् । कोरोना संक्रमणका कारण नेपालमा हालसम्म ११ हजार ६१७ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १५९१, ललितपुरमा ४८६, भक्तपुरमा १४२ जना गरी उपत्यकामा २,२१९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै कास्कीमा ७३ जनामा संक्रमण पुष्टि भएको छ ।

चितवन र कैलालीमा पनि कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ५०० नाघेको छ । योसँगै ५०० भन्दा बढी सक्रिय संक्रमित पुग्ने जिल्लाको संख्या ८ पुगेको छ।  शुक्रबारसम्म काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, मोरङ र सुनसरीमा मात्र सक्रिय संक्रमितको संख्या ५०० नाघेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width