पत्रकार नारदजस्तो तटस्थ र निर्भीक हुनुपर्छः बास्तोला

आदर्श समाज सम्वाददाता
माघ १, २०७८
Kapilb 3

अधिवेशन अवसरमा मन्तव्य राख्दै स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला।

कपिलबस्तु । स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पत्रकार नारदजस्तो हुन सक्नु पर्ने बताएका छन् । उनले स्वतन्त्र पत्रकार संघ कपिलवस्तु शाखाको पाँचौं जिल्ला अधिवेशन उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

‘नारद स्वयं देवता हुनुहुन्थ्यो तर उहाँले देवताको पक्ष लिएर राक्षसका विपक्षमा आफूलाई उभ्याउने काम गर्नु भएन,’ उनले भने, ‘त्यसैले आजका पत्रकार पनि नारद जस्तै तटस्थ, निर्भीक बन्न सक्नुपर्छ । त्यसैका लागि स्वतन्त्र पत्रकार संघ यो अभियानमा जुटेको हो ।’

साहित्यकार राघवेन्द्र जैसवालले निष्पक्ष पत्रकारिता गर्नेलाई आफूहरूको सक्दो सहयोग रहने बताए । उनले कुनै पत्रकार पार्टीसँग आवद्ध हुन्छ भने उसबाट विभेद हुने आशा गर्न नसकिने बताए । तटस्थ पत्रकारबाट नै पत्रकारिता क्षेत्रको उन्नयनमा सहयोग पुग्ने भएकोले यसतर्फ ध्यान जानु आवश्यक रहेको उनको भनाइ थियो ।

कपिलबस्तु शाखाका संस्थापक सदस्य रवीन्द्रनाथ ठाकुरले पत्रकार स्वतन्त्र, निर्भिक र निष्पक्ष हुँदा मात्र पीडित वर्गले न्याय पाउन सक्ने बताए।
स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय सल्लाहकार एवं निवर्तमान महासचिव नवराज पहाडीले स्वतन्त्र पत्रकार संघ नेपालको ऐतिहासिक पृष्ठभूमिमा प्रकाश पार्दै जो कसैले पनि लुकाइरहेको वस्तु वा लुकाउन खोजेको विषय समाचार हो भने । उनले त्यस्तो विषय पत्ता लगाएर समाचार लेख्नु वास्तवमा पत्रकारिता हो भन्दै संघका सदस्य यसतर्फ सचेत हुनुपर्ने बताए ।

‘‘पत्रकार बन्नु त स्वतन्त्र वन्नु, स्वतन्त्र नै हो पत्रकार भन्नु’ भन्ने मूलनारा प्रकाश पार्दै संघका संस्थापक एवं राष्ट्रिय पार्षद डा. सतिष उपाध्यायले कपिलवस्तुमा स्वतन्त्र पत्रकार संघको इतिहाससहित गतिविधि औलयए ।

संघको जिल्ला अध्यक्षमा कोरी
स्वतन्त्र पत्रकार संघ कपिलवस्तु शाखाको पाँचौं जिल्ला अधिवेशनले रामप्रकट कोरीको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ ।
समिति उपाध्यक्षमा रामलखन जैसवाल र संगीता चौरसिया चयन भए । सचिवमा विजयकुमार तेली, कोषाध्यक्षमा मोहमद कुस्तफा र सहसचिवमा रहेतसाम खातुन तथा सदस्य बासुदेव बर्मा, परशुराम यादव चयन भएका छन् ।
यसैगरी, राष्ट्रिय पार्षदमा रवीन्द्रनाथ ठाकुर, डा. सतिष उपाध्याय, कृष्णचन्द्र मिश्रा र सुमित्रा मुराउ एवं प्रदेश पार्षदमा सञ्जय मल्ल, अनिलकुमार तिवारी, तुफेद खाँ र सुखामवी पानल छन् ।
नवनिर्वाचित समितिका पदाधिकारी, सदस्य तथा पार्षदलाई संघका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले टीका लगाउँदै बधाई दिएका थिए । नवनिर्वाचित अध्यक्ष कोरीले आफ्नो कार्यकालमा संस्थाको शिर उचो हुने काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width