पोखरा । चाडबाडको बेला ६ जनाको मृत्यु र ८ जना घाइते हुने गरी भएको जीप दुर्घटनाले बन्दीपुर गाउँपालिका यतिखेर शोकमा डुबेको छ। तनहुँको बन्दीपुर ६, धरमपानीस्थित बाक्सेमा शुक्रबार राति ग१ज ६५५५ नम्बरको जीप दुर्घटना भएको हो । साराङघाटबाट धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेकोे जीप दुर्घटनामा दम्पतीसहित आमाछोरा समेतको ज्यान गएको छ।
गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले भने, ‘माघे संक्रान्ति पर्वको अघिल्लो दिन भएको दुर्घटनाले सबैलाई दुखित बनाएको छ । बाक्से, हटियामात्र नभई सिंगो गाउँपालिका नै यतिखेर शोकमा डुबेको छ ।’
आँबुखैरेनीको घुमाउनेबाट बुद्धसिंह मार्ग हुँदै बन्दीपुरतर्फ गुडेको जीप हटिया गाउँ आइपुग्नुभन्दा केही नजिक उकालोबाट व्याक भएर खसेको थियो । जीपको उकालोमा ब्याक भएर दुर्घटना भएको उनले बताए । सिकारु चालक भएकोले सो दुर्घटना हुन गएको बुझिएको छ । चालक फरार छन् । वडा ६ वडाध्यक्ष सन्तबहादुर गुरुङले दुर्घटनाले वडावासी शोकमा डुबेको बताए । उनका अनुसार मृतकमध्ये एक दम्पती तथा एकैघरका आमाछोरा पनि परेका छन्।
दुर्घटनामा बन्दीपुर ६ का ५३ वर्षीय हरि न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, २४ वर्षीय रोशन गुरुङ, ९ महिनाकी बालिका आरुबी थापा, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीया वीममाया गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थलमै ४ जनाको र २ जनाको उपचारक्रममा मृत्यु भएको हो । घाइते ८ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा २१ वर्षीया जमुना थापा, ४८ वर्षीया ममकुली गुरुङ, २२ वर्षीया कुमारी गुरुङ, १६ वर्षीया सनिसा थापा, ७ महिने बालिका वीविशा थापा, १८ वर्षीय कुमार थापा, २० वर्षीय दानबहादुर थापा र २१ वर्षीय विपीन थापा छन्।
Related News
सम्बन्धित समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
hero news full width
मुख्य समाचार
नौमती बाजाः जीतको पर्याय
गण्डकीमा दलित नेतृत्व २ मात्रै
जेठ ९, २०७९रामचन्द्र पाैडेलकाे गृहनगरमा वैकुन्ठ न्याैपाने विजयी, एमाले–स्वतन्त्र गठबन्धनका जाेशीकाे प्रयास सफल भएन
जेठ ९, २०७९पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
जेठ ८, २०७९स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
जेठ ८, २०७९एमालेबाट मेयर उम्मेदवार कृष्ण थापाकाे वडामा कांग्रेसले जित्याे वडाध्यक्ष
जेठ ८, २०७९