पोखरा । मादी गाउँपालिकाको दसौं गाउँसभाले ५ विधेयक पारित गर्दैै बिहीबार सम्पन्न भएको छ । सभाले अध्यक्ष वेदबहादुर गुरुङले राखेका प्रतिवेदन पनि पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिए ।
उनका अनुसार सभाले मादी गाउँपालिकाको क्षेत्रबाट अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) हटाउन नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । एक्यापभित्रका प्राकृतिक स्रोत, साधनको संरक्षण, सम्वद्र्धन र व्यवस्थापन गाउँपालिका मातहत रहने व्यवस्था मिलाउन तथा गाउँपालिका मातहत नआउँदासम्म अन्नपूर्ण संरक्षण क्षेत्रका नाममा संकलन भएको रोयल्टी र पर्यटन शुल्कको ७० प्रतिशत अंश गाउँपालिकालाई
प्राप्त हुने व्यवस्था मिलाउनका लागि नेपाल सरकारसँग अनुरोध गर्ने गाउँको निर्णय छ ।
गाउँसभाको अवसरमा मादीको लोक संस्कृति नामक पुस्तक गाउँपालिका अध्यक्ष गुरुङले विमोचन गरे । गाउँपालिकाको नव निर्मित कार्यालय भवनसमेत उद्घाटन भएको थियो । मादी गाउँपालिकाको आफ्नै गान विमोचन पनि सोही अवसरमा विमोचन भयो ।
मादी गाउँपालिकाको वन क्षेत्रको संरक्षण तथा व्यवस्थापन गर्ने सम्बन्धमा बनेको विधेयक, २०७८, मादी गाउँपालिकाको बालबालिकाको अधिकार संरक्षण संवद्र्धन तथा प्रर्वद्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८, मादी गाउँपालिकाको स्थानीय भूमिसम्बन्धी विधेयक, २०७८, मादी गाउँपालिकाको खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८, मादी गाउँपालिका
कर्मचारी सेवा व्यवस्थापन गर्ने सम्बन्धमा बनेको विधेयक, २०७८ समेत गरी ५ विधेयक पारित २ संशोधन विधेयक पारित भएको जानकारी प्रमुख प्रशासकीय अधिकृत सापकोटाले दिए ।
सभाले महालेखा परीक्षकको कार्यालयबाट प्राप्त आर्थिक वर्ष २०७६÷०७७ को अन्तिम लेखा परीक्षण अनुमोदन गरेको छ । गाउँपालिकास्तरीय १५ शड्ढयाको आधारभूत अस्पताल भवन निर्माणका लागि निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भई निर्माण कार्य सुरुको अन्तिम चरणमा रहेको जानकारी अध्यक्ष गुरुङले दिए ।
गाउँपालिकाको स्वीकृत स्थानीय पाठ्यक्रम अनुसार कक्षा ६, ७ र ८ को पाठ्यपुस्तक लेखन कार्य सम्पन्न भई, कक्षा ६ र ७ को पाठ्यपुस्तक छपाइको काम अन्तिम चरणमा पुगेको उनले बताए । उनले भने, ’ गाउँ शिक्षा समितिमा रिक्त सदस्यका पदहरु मादी गाउँपालिका शिक्षा
ऐन, २०७५ अनुसार पदपूर्ति भएका छन् ।’
वडा नं. १ देखि १२ सम्मका सबै सडक सुधार योजनाका लागि उपभोक्ता समितिसँग सम्झौता गरी सडक मर्मत सुधार कार्य सम्पन्नको चरणमा रहेको पनि अध्यक्ष गुरुङको प्रतिवेदनमा छ । गाउँ सभामा दिइएको जानकारी अनुसार कोभिड १९ विरुद्धको खोप १८ वर्षभन्दा माथिका सबै नागरिक १३ हजार ४ सय १६ जनालाई लगाइसकिएको छ ।
‘कार्यान्वयनको चरणमा रहेको आव २०७८÷०७९ को नीति कार्यक्रम तथा बजेट हाम्रो कार्यकालको सम्भवतः अन्तिम नीति, कार्यक्रम तथा बजेट हो,’ अध्यक्ष गुरुङले भने, ‘हाम्रो पहिलो कार्यकाल अवश्य पनि चुनौतीपूर्ण नै रह्यो । भौतिक संरचनाको निर्माण, आवश्यक कानुन, नीति नियम तर्जुमा तथा कार्यान्वयन, जनशक्ति व्यवस्थापन, नागरिकको विकासप्रतिको बढ्दो अपेक्षा र चाहनाको सम्बोधन, चुस्त दुरुस्त सेवा प्रवाह, स्रोत, साधनको सीमितता तथा पछिल्लो समयमा देखा परेको कोभिड १९ को महामारीबाट उत्पन्न चुनौतीका बाबजुत पनि हामीले यो ५ वर्ष समग्रमा
सफलतापूर्वक पूरा गर्न लागेका छौं ।’
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेलले भने : भृकुटी कागज कारखाना प्रदेशले साझेदारीमा चलाउन चाहन्छ
पोखरामा एमालेको वडा खोस्दै कांग्रेस
गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
पोखरा महानगरको मतगणना सुरु
hero news full width
मुख्य समाचार
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
जेठ ७, २०७९गाउँपालिका अध्यक्षको सपथ
जेठ ६, २०७९मेयरमा अन्तर ३ हजार पार
जेठ ६, २०७९घर फर्किए म्यादी प्रहरी
जेठ ६, २०७९पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
जेठ ६, २०७९