नरभक्षी बाघ नियन्त्रणका लागि टोली परिचालन   

आदर्श समाज सम्वाददाता
पौष ३०, २०७८
271800047_1602166876801664_8974687865507827135_n

नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा बाघको आक्रमण बढ्दै गएपछि सो बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमण बढेपछि निकुञ्जले बाघको अनुगमन र नियन्त्रणका लागि काम थालेको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले विनयी त्रिवेणी क्षेत्रमा निकुञ्जबाट तीन हात्तीसहितको टोली परिचालन गरिएको बताउनुभयो । “बाघले आक्रमण गरेको क्षेत्र निकुञ्जको क्षेत्र नभएर राष्ट्रिय वनमा पर्ने क्षेत्र हो”, तिवारीले भन्नुभयो, “तर हामीले डिभिजन वन कार्यालय नवलपुरसँग सहकार्य गरेर बाघको अनुगमन र खोजीको काम सुरु गरेका छौँ ।” बाघको अनुमगनका लागि हात्तीसहित रेन्जर, प्राविधिक र सुरक्षाकर्मीको टोली खटिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।

“हामीलाई जानकारीमा आएअनुसार बाघले मानिसलाई वन क्षेत्रमा आक्रमण गरेको छ, त्यसैले मानिसलाई आक्रमण गर्ने बाघ कुन हो भनेर हामीले क्यामेरा ट्रयापिङका माध्यमबाट अनुगमन गरिरहेका छौँ”, तिवारीले भन्नुभयो, “अनुगमन नै नगरी एक्कासी बाघ नियन्त्रणमा लिँदा मान्छेलाई आतङ्कित पारेको बाघ छुट्ने र अर्को बाघ नियन्त्रणमा लिने काम हुनसक्छ, त्यसैले अनुगमनपछि यकिन गरेर बाघ नियन्त्रण हुन्छ ।” बाघ नियन्त्रणमा लिन ‘रिस्क’ भएको भन्दै तिवारीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागमा पत्राचार गरिसकिएको र उताबाट लिखित आदेश आएपछि बाघ नियन्त्रणको कामलाई अगाडि बढाइने बताउनुभयो ।

“हामीले सोचेजस्तो बाघ एकै ठाउँमा बस्ने प्राणी होइन, बाघ ठूलो क्षेत्रफलमा हिँडिरहन्छ”, तिवारीले भन्नुभयो, “वन क्षेत्रमा दिउँसोमा सुरक्षा सतर्कता अपनाउँदै अनुगमन भइरहेको छ, बाघको ताजा पाइला देखेको अवस्थामा सोहीअनुसार अनुगमन हुन्छ ।” दुम्कीबास आसपास क्षेत्रमा डेढ महिनायता बाघले दुई जनालाई खाइसकेको छ भने एक साताअघि मध्यविन्दुमा एक जनालाई आक्रमण गरेर गम्भीर घाइते बनाएको छ । बाघले निकुञ्जभन्दा बाहिरको मध्यवर्ती क्षेत्र र राष्ट्रिय वनको क्षेत्रमा आक्रमण गरेको हो ।

बाघको आक्रमणबाट दुईको ज्यान गइसकेको र अर्का एक जना गम्भीर घाइते भएपछि स्थानीय बासिन्दा जङ्गल जान छोडेका छन् । चौपाया चराउन जङ्गल जानेले ठाउँठाउँमा बाघ देखेको खबर गरेपछि स्थानीयवासी त्रसित छन् । विनयी त्रिवेणी गाउँपालिकाले चितवन राष्ट्रिय निकुञ्ज र जिल्ला वन कार्यालयलाई पत्र पठाएर बाघ नियन्त्रणमा लिन आग्रह गरेको एक सातापछि निकुञ्जले बाघ नियन्त्रणमा लिन टोली खटाएको हो ।

बाघले नवलपुरको पहाडी इलाका डाँडाजोर क्षेत्रमा गाईवस्तुसमेत खाएको छ । त्यो क्षेत्रमा पनि बाघ ट्रयापिङका लागि क्यामेरा राखिएको छ । मान्छेलाई आक्रमण गर्ने र गाईवस्तु खाने बाघ एउटै हो कि फरक–फरक बाघ हो भन्ने पत्ता लगाउन कठिन भएकाले बाघ नियन्त्रणमा लिन केही समय लाग्ने सूचना अधिकारी तिवारीले बताउनुभयो । बाघको आक्रमणबाट नवलपुरको दुम्कीबासमा गत मङ्सिर ११ गते वन हेरालु र यही पुस १६ गते साग टिप्न घर नजिकैको जङ्गल गएकी मध्यविन्दु नगरपालिका–१२ की एक महिलाको मृत्यु भएको थियो ।  रासस
–––

Related News

सम्बन्धित समाचार

  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…

hero news full width