निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक

आदर्श समाज सम्वाददाता
पौष ३०, २०७८
Vote

पोखरा । आगामी राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्नेछ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ।

बैठकमा संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्वमा गर्ने दलका प्रतिनिधिहरूलाई निम्त्याइएको छ । आगामी माघ १२ मा राष्ट्रिय सभाका १९ सदस्यका लागि चुनाव हुँदैछ भने वैशाखमा हुने स्थानीय तह चुनावको पनि आयोगले तयारी सुरु गरेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width