बढ्याे कोरोना ग्राफ, कास्कीमा ५ सय बढी संक्रमित

आदर्श समाज सम्वाददाता
पौष ३०, २०७८
Corona Banner

पोखरा । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ । नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै संक्रमण दैनिक बढिरहेको हो ।
ओमिक्रोन भेरियन्ट संक्रामक बढी रहेकोले पनि पिसिआर र एन्टिजेन परीक्षणमा संक्रमण दर बढेको पाइएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा संगीता मिश्राले संक्रमण गत हप्ताको तुलनामा यस हप्ता ९.२ प्रतिशतले बढेको बताइन् ओमिक्रोन भेरियन्टले संक्रमण १ जनाबाट १० जनामा सार्ने गर्दछ ।

नेपालमा एक सातामा १० हजार संक्रमित फेला परेका छन् । पुस २२ गतेदेखि पुस २८ गतेसम्म १० हजार ५ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैबीच, खोप लगाउनेको संख्यामा पनि वृद्धि भएको छ । मन्त्रालयका प्रवक्ता डा मिश्राका अनुसार गतहप्ताको तुलनामा यस हप्ता २ प्रतिशतले खोप लगाउने संख्यामा वृद्धि भएको छ । दोस्रो मात्रा लगाउनेमा ४ प्रतिशतले वृद्धि भएको छ ।

गएको २४ घण्टामा कोरोना भाइरसको संक्रमण ३ हजार ५ सय ५३ जनामा देखिएको छ । परीक्षण गराएकामध्ये २३.६ प्रतिशतलाई संक्रमण देखिएको हो । हाल सक्रिय संक्रमित संख्या १४ हजार ३ सय ४० पुगेको छ ।

५ सयभन्दा बढी संक्रमण भएको जिल्ला मोरङ, काठमाडौं, ललितपुर, भक्तपुर र कास्की छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width