Worldlink ads

केशवराज रेग्मी स्मृति पुरस्कार कोमलनाथ पंगेनीलाई

आदर्श समाज सम्वाददाता
पौष ३०, २०७८
ramchandra

पोखरा । केशवराज रेग्मी स्मृति पुरस्कार पोखरा–३० निवासी कोमलनाथ पगेनीलाई प्रदान गरिएको छ ।

केशवराज रेग्मी स्मृति प्रतिष्ठानको आयोजनामा भएको समारोहमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उनलाई नगद २५ हजारसहित सम्मान गरे ।

२०२२ सालदेखि निरन्तर संलग्न रही कांग्रेसको आदर्शमा सक्रिय रहेको योगदानको कदरस्वरुप सम्मान गरिएको प्रतिष्ठान उपाध्यक्ष विजया रेग्मीले बताइन् ।

प्रतिष्ठानले पहिलो वर्ष संस्स्कृत मावि, भीमकालीपाटनका विद्यार्थी गणेश सुवेदीलाई प्रोत्साहनस्वरुप १० हजारसहित सम्मान गरेको थियो ।

Related News

सम्बन्धित समाचार

    hero news full width