स्थापना दिवसमा निर्माण व्यवसायी संघको रक्तदान

आदर्श समाज सम्वाददाता
पौष ३०, २०७८
nirman

पोखरा । नेपाल निर्माण व्यवसायी संघ, कास्कीको आयोजनामा पोखरामा बिहीबार रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ३८ जनाले रक्तदान गरे ।

संघले ३५ औं स्थापना दिवस अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन नेपाल निर्माण व्यवसायी महासंघका मानार्थ सदस्य तथा संघका प्रमुख सल्लाहकार शिवशंकर गौचनले गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेश निर्माण व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष टंकराज बराल, संस्थाका निवर्तमान अध्यक्ष बासुदेव गौचन, वरिष्ठ व्यवसायी झपिन्द्रराज रेग्मी, युवा व्यवसायी दीपेन्द्र मर्सानी, सल्लाहकार एवं पूर्व अध्यक्ष चिरञ्जीवी पोख्रेल, सल्लाहकार मुक्तिप्रसाद तिमिल्सिना, अर्जुनबहादुर क्षेत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संघका अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष रामराज अधिकारी र सञ्चालन सचिव सुवर्ण श्रेष्ठले गरेका थिए । संघको स्थापना विसं २०४४ साल पुस २९ मा भएको हो ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width