लागु औषधसहित १९ वर्षे युवा पक्राउ

आदर्श समाज सम्वाददाता
पौष ३०, २०७८
lagu

पोखरा । कास्की प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखराको न्यूरोडका १९ वर्षीय रोहित बिक हुन् ।

निजको साथबाट प्रहरीले बुधबार पोखरा १ बाट लागुऔषध डाइजेपाम १२१ एम्पुल, फेनरागन १२१ एम्पुल र नर्फिन १२१ एम्पुल गरी कुल ३६३ एम्पुल बरामद गरेको जनाएको छ ।

निज बिकलाई जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width