दोस्रो टाइगर कपमा पुरुषतर्फ विभागीय त्रिभुवन आर्मी क्लब र टिपटप हेल्प नेपाल विजयी

आदर्श समाज सम्वाददाता
पौष ३०, २०७८
Final tg Group 4th day Photo

पोखरा । दोस्रो टाइगर कपमा पुरुषतर्फ विभागीय त्रिभुवन आर्मी क्लब र टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले लगातार जीत निकाल्दै फाइनल पुग्ने सम्भावना कायमै राखेका छन् ।

पोखरा रंगशालामा जारी च्याम्पियनसिपमा पुरुषतर्फ साविक विजेता आर्मीसँग ३–१ को सेटमा पराजित भएसँगै फाइनल पुग्ने सम्भावना रोमाञ्चक बनेको छ । पहिलो सेटमा आर्मी २५–१५ ले विजयी भएको थियो । दोस्रो सेट २०–२५ ले गुमाएको आर्मीले तेस्रो सेट २५–१५ ले नै आफ्नो पक्षमा पार्दै खेलमा फर्किएको थियो । प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा आर्मीले २६–२४ को जीत निकाल्न सफल भएको हो । उक्त खेलमा आर्मीका मानबहादुर श्रेष्ठ म्यान अफ दि म्याच र आर्मीकै ईश्वर थापा उत्कृष्ट डिफेन्डर घोषित भएका छन् ।

जीतसँगै आर्मीको ३ खेलबाट ६ अंक पुगेको छ । आर्मीसँगको हारसँगै साविक विजेता गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । १ खेल बाँकी गण्डकीको ३ खेलबाट ३ अंकमात्र छ ।

अर्काे खेलमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना जीवित राखेको छ । पहिलो सेट २३–२५ ले गुमाएको हेल्प नेपालले त्यसपछिको तीनै सेट २५–२०, २५–१५ र २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो । जीतसँगै हेल्प नेपालको ३ खेलबाट ७ अंक पुगेको छ । लगातार चौथो हार बेहोरेको एपिएफले प्रतियोगितामा अंकको खाता खोल्न सकेन । उक्त खेलमा टिप टपका वीनित कुमार म्यान अफ दि म्याच भए भने दीपक थापा उत्कृष्ट डिफेन्डर भए ।

लगातार चौथो हार बेहोरेको एपिएफले अझै अंकको खाता खोल्न सकेन ।

अब शुक्रबार हुने खेलबाट नै फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । शुक्रबार गण्डकी र हेल्प नेपाल तथा पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुने प्राविधिक संयोजक तथा अन्तर्राष्ट्रिय रेफ्रि तहल सिंह थापामगरले जनाए ।

महिलातर्फ आयोजक टाइगर ग्रुप आर्मीसँग ३–१ सेटले पराजिय भयो । खेलमा टाइगर ग्रुपकी कभिषा ओमन अफ दि म्याच हुँदा आर्मीकी पुष्पा चौधरी वेष्ट डिफेन्डर बनिन् । महिलातर्फको अन्तिम खेल भने लाइट प्रोटेस्टका कारण अबरुद्ध बनेको छ । न्यु डायमण्ड र विभागीय टोलीबीचको खेलमा न्यु डायमण्ड २–१ सेटले अगाडि रहेको अवस्थामा खेल अवरुद्ध बनेको प्राविधिक संयोजक मगरले बताए ।

यसैबीच, साउथ एसिया सेन्ट्रल जोन भलिबलका अध्यक्ष मोहमद लतिफ पोखरा आएका छन् । पोखरामा जारी टाइगर कपबारे विशेष चर्चा भएपछि प्रतियोगिता अवलोकनका लागि आएका हुन् । उनलाई पोखरा रंगशालामा संस्थाका अध्यक्ष नारायणप्रसाद शर्मा लगायतले भव्य स्वागत गरे । उनीसँगै काठमाडौंबाट नेपाल भलिबल संघका महासचिव जीतेन्द्रबहादुर चन्दसमेत यहाँ आएका छन् ।

Related News

सम्बन्धित समाचार

  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width