एमाले कास्की खुलातर्फ को–को अटाए ?

आदर्श समाज सम्वाददाता
पौष २९, २०७८
cpn

पोखरा । नेकपा एमाले कास्कीको १० औं अधिवेशनअन्तर्गत खुलातर्फको अन्तिम मतगणनामा १२ जना निर्वाचित भएका छन् । तीमध्ये अर्जुन अधिकारीले लोकप्रिय मत ३ सय ९४ प्राप्त गरे ।
कुल ९ सय २४ प्रतिनिधिमध्ये मतदान प्रक्रियामा ८ सय ९५ जनाले भाग लिएका थिए।

खुलातर्फ झपट रानाभाट (३९२), कर्णबहादुर गुरुङ (३७२), एकराज गिरी (३५४), दामु अधिकारी (२७५), कलबहादुर रानाभाट (२२१), खगराज आचार्य (२११), चूडामणि बराल (२१२), भेषराज बराल (२०८), हरि लम्साल (१९९), हरिबोल गौतम (१९४), विवेक त्रिपाठी (१९२) छन् । १२ खुलाका लागि ६० जनाको उम्मेदवारी परेको थियो । निर्वाचित समितिले उम्मेदवारको अन्तिम मतपरिणाम घोषणा गर्न बाँकी छ।

गत शुक्रबारदेखि सुरु अधिवेशनमा सर्वसम्मत प्रयास असफल भएपछि मंगलबार मतदान भएको थियो । अध्यक्षमा यसअघि नै मनबहादुर गुरुङ निर्वाचित भैसकेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width