कास्कीको अन्नपूर्ण गापाको सभा, खानेपानी तथा सरसफाइ र स्वच्छतासम्बन्धी विधेयक पारित

आदर्श समाज सम्वाददाता
पौष २९, २०७८
kunwar~

हेमजा। अन्नपूर्ण गाउँपालिकाको ११ औं गाउँसभा बुधवार भएको छ । सभाले खानेपानी तथा सरसफाइ र स्वच्छतासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७८, जलस्रोत उपयोगसम्बन्धी ऐन, २०७८ साथै विनियोजन ऐन, २०७८ को पहिलो संशोधन छलफल सहित सर्वसम्मत पारित ग¥यो ।
यस्तै, खानेपानी तथा सरसफाइ र स्वच्छतासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७८ कार्यपालिका सदस्य विमला सुनारले टेबल गरेकी थिइन् । जसको समर्थन ४ का अध्यक्ष भरतबहादुर केसीले गरे ।

साथै, जलस्रोत उपयोगसम्बन्धी ऐन, २०७८ कार्यपालिका सदस्य गंगा कुँवरले प्रस्तुत गरेकोमा २ का अध्यक्ष चूडामणि अधिकारीले समर्थन जनाए ।
वडा १ का वडाध्यक्ष भरतजंग कुँवरले विकास एकैचोटी नहुने भन्दै कतिपय अवस्थामा केन्द्र सरकारको फेरबदलले प्रभाव पारेको औल्याए । वडा २ का वडाध्यक्ष चूडामणि अधिकारीले अन्नपूर्ण संघीयताकै नमुना पालिका बनेको चर्चा गरे । वडा ३ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङले कार्यकाल समग्रमा राम्रो भए पनि जनप्रतिनिधिकै कारण राजमार्ग अस्पताल निर्माण नबढ्नु दुखद भएको बताए ।

वडा ४ का अध्यक्ष भरतबहादुर केसीले घट्टेखोलादेखि अन्नपूर्णको फेदीसम्म समान विकासका लागि बजेटमा विभेदीकरण गर्नुपर्ने औंल्याए । वडा ५ वडाध्यक्ष जीवनाथ पौडेलले शुन्यताको अवस्थामा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहेको स्पष्ट पारे । वडा ६ का अध्यक्ष चित्रबहादुर गुरुङले विधेयकप्रति सहमति जनाउँदै ६ मा वडा कार्यालय भवन निर्माण अगाडि बढ्न लागेको जानकारी दिए ।

वडा ७ का वडाध्यक्ष घनश्याम चपागाईले रिङरोड तथा वडा ७ र १० जोड्ने गरी मोदीखोला माथि पुल निर्माण गर्न नसक्नु कार्यकालको दुर्वल पक्ष रहेको चर्चा गरे । ८ का अध्यक्ष विजय गुरुङले एक घर एक धारा कार्यक्रम सम्पन्न उन्मुख रहनु सुःखद् भएको जनाए । ९ का अध्यक्ष बलबहादुर केसीले वीरेठाँटी तिखेढुंगा सडक स्तरोन्नतिमा पालिकाले थप ध्यान पु¥याउनुपर्ने बताए । १० का अध्यक्ष कुमार गुरुङले संघीयताको मर्मअनुसार ढिकुरपोखरीका जस्तै अन्य वडामा पनि विकास पुग्नुपर्ने बताए । ११ का अध्यक्ष हिमबहादुर गुरुङले बजेट अभावमा सोचे जति विकास गर्न नसकिएको स्पष्ट पारे । त्यस अवसरमा गाउँपालिका अध्यक्ष युवराज कुँवरले पालिकाको विकासमा पक्ष प्रतिपक्ष नभनी कार्य गरिएको स्पष्ट पार्दै सौहार्द वातावरणमा कार्यकाल सकिन लाग्नु सुखद भएको औल्याए ।

Related News

सम्बन्धित समाचार

hero news full width