बेनीकाे हिउँदे नगरसभा, थप ८० लाख बजेट विनियोजन

आदर्श समाज सम्वाददाता
पौष २९, २०७८
beni nagarsava (4)

म्याग्दी । बेनी नगरपालिकाको १० औं नगरसभाबाट थप ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरसभाबाट हरेक वडाबाट छनोट भएका नयाँ योजनालाई ८ लाख रुपैयाँ दरले बजेट विनियोजन गर्दै पारित गरेको हो । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको नगरसभामा वडासमितिबाट छनोट भई सिफारिस भएका योजनालाई ८ लाखका दरले सो बजेट विनियोजन गर्दै पारित भएको नगरपालिकाका सूचना अधिकारी युवराज थापाले बताए ।

नगरसभाबाट वडा १ मा झाप्रिखेत कुलो बग्ने ठाउँदेखि तल झ्याउले कालिगण्डकी किनारामा तटबन्ध निर्माण, २ मा वडा कार्यालयदेखि बाबुराम दर्जीको पसलसम्मको सडक ढलान, वडा ३ मा दुधेखोला भकिम्ली सडक मर्मत, वडा ४ मा राजिकुलो राक्से बाजगारा मोटरबाटो स्तरोन्नति वडा ५ मा भैंसी गोरेटो बाटो निर्माण डडुवा र नयाँगाउँ कुवापानी मोटरबाटो मर्मत, वडा ६ मा डम्मरा वैकल्पिक खानेपानी परियोजना तथा पानीखोल्सा मर्मत गर्ने, सदरमुकाम बेनीस्थित रहेको वडा ७ मा बेनी दरवाङ बसपार्कको नाली व्यवस्थापनसहित र बेनी बजार रिङरोड ग्रावेल, वडा ८ मा बेनी बजार वैकल्पिक रिङरोड ग्राभल गर्ने, वडा ९ मा सामुदायिक भवन निर्माण तथा वडा कार्यालय प्रवेश गेट रङरोगना महिला पुरुष शौचालय र वडा १० मा ठूलोखोलादेखि सिलढुंगासम्मको मोटरबाटो स्तरोेनति गर्ने गरी नगरसभाबाट १० वटा योजनामा सो बजेट विनियोजन गरिएको नगर उपप्रमुख सञ्जु बरुवालले बताइन् ।

नगरसभाले २०७८÷०७९ मा छनोट भएका ८ वटा योजना संशोधन गरेर नयाँ योजना छनोट गरी पारित गरेको छ ।

नगरसभाले २०७८/०७९ मा छनोट भएका ८ वटा योजना संशोधन गरेर नयाँ योजना छनोट गरी पारित गरेको छ । चालु आर्थिक वर्षमा कार्यान्वयनका लागि छनोट ४ सय ७० योजनामध्ये ३० योजना सम्पन्न र ४३ सम्झौतासँगै अन्य योजना कार्यान्वयन चरणमा रहेको उपप्रमुख बरुवालले जानकारी दिइन् । नगरसभामा मेयर श्रेष्ठले सबै नागरिकलाई कोभिड खोपसहितको स्वास्थ्य सरल र सहज रुपमा उपलब्ध गराउने प्रयास भएको बताए ।

उनले पर्यटकीय सम्भावना बोकेको तातोपानी कुण्ड व्यवस्थापन तथा प्राकृतिक चिकित्सालय निर्माणका लािग २० लाख बजेट, रावणपार्क निर्माणका लागि संघीय सरकारसँग साझेदारीको सुरुवात, शिक्षालाई गुणस्तर बनाउन विद्यालय पूर्वाधार निर्माण तथा सुधारमा आवश्यक पहल, कृषि पेसा व्यवस्थित बनाउन बाली उत्पादन तथा पशुपालनमा अनुदानका कार्यक्रम सञ्चालन, नगरक्षेत्रको एकमात्र खेलकुद मैदानको प्याराभिट र खेलमैदानको भौतिक सुधारका लागि सम्बन्धित निकायसँग पहल गरिएको जानकारी दिए । सबै नागरिकलाई खानेपानीको पहुँच पु¥याउने उद्देश्यका साथ संघीय सरकारको सहयोगमा खवरा खानेपानी, गौश्वार खानेपानी योजना र जामुनाखर्क खानेपानी योजना निर्माणका लागि अघि बढाएको बताए ।

नगरपालिकाले २ लाखसम्मका योजना वडा कार्यालयबाट सम्झौता गर्ने व्यवस्था, आन्तरिक आय अभिवृद्धिका लागि करको दायरा बढाउने प्रयास, बजार क्षेत्रको ट्राफिक व्यवस्थापनमा एकतर्फी सवारीसाधन संचालन, बसपार्क व्यवस्थापनका लागि समिति गठन लगायतको काम गरिएको मेयर श्रेष्ठले नगरसभामा जानकारी गराए ।

समृद्ध नगर निर्माणमा सरसरफाइ व्यवस्थापनको लागि ल्यान्डफिल साइड छनोटमा समस्या, नदीजन्य पदार्थको अवैध उत्खनन् एवं चोरीनिकासी पूर्णरुपमा नियन्त्रण हुन नसकेको, छाडा गाईबस्तु व्यवस्थापन र सबै नागरिकलाई पूर्ण रुपमा करको दायरामा समेट्न नसक्नु नगरपालिकाको चुनौती रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width