एमाले स्याङ्जामा पारस निर्वाचित

आदर्श समाज सम्वाददाता
पौष २७, २०७८
Paras Sharma

स्याङ्जा, २७ पुस । नेकपा एमाले स्याङ्जाको आठौं अधिवेशनबाट सूर्यप्रसाद गैह्रे (पारस) निर्वाचित भएका छन् । अध्यक्षका प्रतिस्पर्धी नारायणप्रसाद मरासीनीलाई १ सय ८३ मतले पछि पार्दै उनी निर्वाचित भएका हुन् । गैह्रेले ४ सय ४० मत पाए भने मरासिनीले २ सय ५७ मतमात्र पाएका छन् । चुनावमा ६ सय ९८ मत खसेको थियो।

यसैगरी, उपाध्यक्षमा कृष्ण खाँण निर्विरोध हुँदा सचिवमा राजेन्द्र डुम्रेले ३ सय ९४ र उपसचिवद्वयमा विश्व पौडेलले ३ सय ९५ र तारा शर्माले ३ सय ७३ मत प्राप्त गर्दै निर्वाचति भए।

सचिवका प्रत्यासी भूपराज अधिकारीले २ सय ८०, उपसचिवका प्रत्यासी सन्तोष केसीले ३ सय ४६ र जीवन पौडेलले १ सय ५८ मत पाएका छन् । ५ पदाधिकारीसहित १ सय ५ पदका लागि १ सय ४३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । २ प्यानलबीच भएको चुनावी प्रतिस्पर्धामा उपसचिवका उम्मेदवार विश्व पौडेल बाहेक अरु सबै गैह्रे पक्षधरका पदाधिकारी निर्वाचित भएका हुन् । सदस्य पदको मतगणना भने जारी छ । सदस्यमध्ये केही निर्विरोध निर्वाचित भएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width