दिल्लीका सबै निजी कार्यालय बन्द गर्न आदेश

आदर्श समाज सम्वाददाता
पौष २७, २०७८
new corona

पोखरा । कोरोना संक्रमण बढ्न थालेपछि भारतको दिल्ली विपद् व्यवस्थापन प्राधिकरणले राजधानी नयाँदिल्लीका सम्पूर्ण निजी कार्यालयहरू बन्द गर्न आदेश दिएको छ । आपत्कालीन सेवा प्रदान गर्ने कार्यालयहरू भने खुल्ने प्राधिकरणद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । कार्यालयको काम घरबाटै गर्नका लागि प्राधिकरणले आग्रह गरेको छ।

दिल्लीका सम्पूर्ण रेस्टुरेन्ट र बारहरू पनि बन्द रहनेछन् तर होम डेलिभरी भने गर्न पाइने आदेशमा उल्लेख छ । दिल्लीमा मेट्रोहरू चल्ने तर उभिएर यात्रा गर्न नपाइने भएको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा ५ हजार ७३ जनामा कोरोना संक्रमण देखिएको छ भने १७ जनाको मृत्यु भएको छ । हाल दिल्लीमा ६५ हजार ८ सय ६ जना सक्रिय संक्रमित रहेका छन्।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width