ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

आदर्श समाज सम्वाददाता
पौष २७, २०७८
shree

हेमजा । पोखरा हेमजा निवासी ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण गरिएको छ ।
वडास्तरीय ज्येष्ठ नागरिक समितिले विशेष भेलाको आयोजना गरी १ सय ४ जना सदस्यको स्वास्थ्य परीक्षण गरेको हो ।कार्यक्रममा हेमजा स्वास्थ्य चौकीको प्राविधिक सहयोग थियो भने निशुल्क औषधी समेत वितरण गरियो।
कार्यक्रममा साइराम राष्ट्रिय आध्यात्मिक संघका पूर्व अध्यक्ष भूपेन्द्रमान श्रेष्ठले समितिका क्रियाकलापको प्रशंसा गर्दै त्यस्ता क्रियाकलापलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी तथा हृदयमा इमानदारिता भएमात्रै मानिसले सुख प्राप्त गर्न सक्ने बताए ।
समितिका अध्यक्ष नीलकण्ठ पौडेलले वडाका ज्येष्ठ नागरिकको हितका लागि संस्थाले सक्दो पहल गरिरहेको जनाए । सचिव कमलमणि त्रिपाठीले ज्येष्ठ नागरिकको ज्ञान सीपलाई समाज रुपान्तरणमा प्रयोग गर्नुपर्ने बताए ।
त्यस अवसरमा समितिका संस्थापक सचिव मधुसुदन त्रिपाठी, रेडक्रस हेमजा उपशाखा सभापति नेत्रपाणि भण्डारी, सत्य साई नदीपुर केन्द्र अध्यक्ष लक्षिन्द्र भट्टचन, नवआगन्तुक संयोजक ऋषिराम चिलुवाल लगायतले पनि बोलेका थिए ।
समिति अध्यक्ष नीलकण्ठ पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा परिचालक गंगा त्रिपाठीले स्वागत र सचिव कमलमणि त्रिपाठीले सञ्चालन गरेका थिए । समितिमा हेमजाका ६० वर्षमाथिका ३ सय ३२ ज्येष्ठ नागरिक आवद्घ छन् ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width